मान्छेलाई के कुराले आकर्षक बनाउँछ ?

अंग्रेजीमा एउटा भनाइ छ ‘फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन ।’ यसको अर्थ, पहिलो पटक कसैसँग भेट्दा जुन किसिमको प्रभाव छाड्नुहुन्छ त्यो उसले लामो समयसम्म याद गरिरहन्छ । तपाईं कसैसँगको पहिलो भेटमा कसरी प्रस्तुत हुनुभयो, कस्तो देखिनुभयो, तपाईंको आवरण दोस्रो व्यक्तिले सम्झिरहन्छ ।

१२ टिप्स, जसले निद्रालाई सहज पार्छ

हामीमध्ये कतिलाई रातमा निद्रा नलाग्ने हुनसक्छ । कतिले त निद्रा नलागेर कैयौं रात कोठाको भित्ता हेरेर रात बिताउनुभएको होला ? कतिमा बिहान उठ्ने समय भएको ठानेर रातको २ बजे अचानक ब्युँझिनुभएको हुनसक्छ । यो कहिलेकाहीं हुनु स्वभाविक हो, मनमा कुरा खेलेर पनि यस्तो

होटल संचालक र कर्मचारीलाई एआई सम्वन्धि अभिमुखिकरण

टल संघ पोखरा नेपालले होटलकर्मी तथा उनीहरुका कर्मचारीका लागि मंगलबार एक दिने अभिमुखिकरण प्रदान गरेको छ । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र अनलाइनबाट हुने बुकिङको व्यवस्थापन सम्वन्धमा संघले यो कार्यक्रम आयोजना गरेको हो । कृत्रिम बुद्धिमता पनि भनिने एआई र अनलाईन ट्राभल

अन्नपूर्ण हेलिकप्टरले माग्यो ७ जना पाइलट

अन्नपूर्ण हेलिकप्टर प्रालिले ७ जना पाइलट मागेको छ । अन्नपूर्ण हेलिकप्टरले एएस३५० सिरिज नामको हेलिकोप्टर उडानका लागि ७ जना पाइलट मागेको हो । उक्त हेलिकोप्टर सगरमाथा आधार शिविरसम्म उडानका लागि प्रयोग हुँदै आएको छ । कम्पनीका अनुसार इन्स्ट्रक्टर पाइलट २ जना, पाइलट (क्याप्टन)

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला। चारैतिर हरियाली पहाड। त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान। छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ। जहाँ केही थान दुःख, केही थान खुसी र केही थान आशा बोकेर बसेका गोठाला भेटिन्छन् र उनीहरूसँगै भेटिन्छन्

पर्यावरणीय हत्या र जलवायु न्याय

काठमाडौंको विष्णुमती नदी किनारस्थित शोभा भगवती मन्दिर एक आध्यात्मिक, सांस्कृतिक र स्मारक महत्त्वको स्थल हो । यो मन्दिरनजिकै दशरथ चन्द र गंगालाल श्रेष्ठका स्मारक मूर्तिहरू छन् । राणा शासनविरुद्ध जनताको अधिकारको संघर्षका लागि यी दुई सार्वजनिक बौद्धिकहरूलाई त्यो ठाउँमा मृत्युदण्ड दिइएको थियो । सहिदका पूर्णआकारका मूर्तिहरूले

हिउँ चितुवा जोगाउँदै बालबालिका

दुर्लभ वन्यजन्तु हिउँ चितुवा र यसको महत्त्वबारे विद्यालयमा ज्ञान लिएर सचेतना विस्तार गरी मुस्ताङ र ताप्लेजुङका बालबालिकाले समुदायमा आधारित संरक्षण कार्यक्रममा टेवा पुर्‍याइरहेका छन्। मुस्ताङको घरपझोङ गाउँपालिका-५, ठिनीका मिलन विकले कक्षा ९ सम्म मात्र पढेका छन्। तर सानै उमेरमा उनले संरक्षणकर्मीको भूमिका निर्वाह गरिरहेका छन्।

लिम्बू र रिजालले पाएको त्यो सुवांगी

प्रायः लिम्बू गाउँ पुगेका ब्राह्मण लगायत अन्य जातिले सुवांगी पाएको भेटिंदैन, तैपनि पूर्व प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालको जन्मथलो धनकुटाको सिभुवाका रिजालले लिम्बूसँगै सुवांगी पाएको देखिन्छ। कक्षाकोठामा शिक्षक नआउँदासम्म सधैं हाँसीखुशी नै रहने भए पनि एकदिन कक्षा ८ का सहपाठी लोचनबहादुर भुजेल र सानबहादुर भुजेल

काठमाडौंको वरपर विश्वकै उत्कृष्ट साइकल ट्रेल बन्न सक्छ

‘अक्सफोर्ड जाँदा मैले कार चढ्ने सपना देखेको थिएँ, त्यहाँ त प्राध्यापक, विद्यार्थी, अनुसन्धाता सबैले साइकल चलाएको देखें। त्यसपछि मेरो धारणा नै परिवर्तन भयो।’ त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तारालाल श्रेष्ठको नयाँ पुस्तक साइकल सौन्दर्य हालै बजारमा आएको छ। नेपालमा साइकलको अवस्था, साइकलको अर्थ-राजनीति र साइकलसँग जोडिएका विविध आयामलाई

विराटनगरका  नव निर्वाचित पदाधिकारीहरूलाई मोरङ चेम्बर अफ कमर्सद्वारा स्वागत तथा सम्मान  

विराटनगर । मोरङ चेम्बर अफ कमर्सले उद्योग संगठन मोरङ विराटनगरका नव निर्वाचित पदाधिकारीहरूलाई एक विशेष समारोहका बीच स्वागत तथा सम्मान गरेको छ। उक्त कार्यक्रममा नव निर्वाचित अध्यक्ष नन्दकिशोर राठी, प्रथम उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू सुरेन्द्र गोल्छा र विपिन कावरा, कोषाध्यक्ष पारस लुनिया तथा