Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

कृषि र हाटबजार

आँप बेचेर वार्षिक ८ लाख बचत

आँप बेचेर वार्षिक ८ लाख बचत

Show us Love

कैलाली– कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै, लोकबहादुर मडै र मानबहादुर मडैले संयुक्त साझेदारीमा गेटामा आँप खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। उनीहरूले भाडामा लिएको आँप बगैँचाबाट वार्षिक करिब आठ लाख रुपैयाँ बचत गर्ने गरेको बताएका छन्।

इन्द्रबहादुर मडैले ११ वर्षदेखि आँप बगैँचा भाडामा लिएर व्यवसाय गर्दै आएका छन्। यसअघि उनले मालाखेतीको खमौरामा घण्टेश्वर मन्दिरको जग्गामा रहेको आँप बगैँचा भाडामा लिएर काम गर्दै थिए। हावाहुरीका कारण उक्त बगैँचामा क्षति पुगेपछि उनले आफ्नै गाउँले दाजुभाइ मानबहादुर र लोकबहादुरलाई साथमा लिएर गोदावरी–५ गेटास्थित एक स्थानीयको पाँच बिघाको आँप बगैँचा भाडामा लिई पुनः व्यवसाय शुरू गरेका हुन्। यस बगैँचाको वार्षिक भाडा पाँच लाख रुपैयाँ रहेको छ।

हाल आँपको सिजन चलिरहेको छ र मडै दाजुभाइको बगैँचामा विभिन्न थरीका आँप लटरम्म फलेका छन्। अचेल आँप किन्न बगैँचामै ग्राहकहरूको भीड लाग्ने गरेको छ। व्यवसायी इन्द्रबहादुरका अनुसार, यहाँ फल्ने आँपमा कुनै विषादी र औषधि प्रयोग नगरेकाले ग्राहकहरूले विषादीरहित आँप खोज्दै बगैँचामै आउने गरेका छन्। “आँप बिक्री गर्नका लागि बजार धाउनु परेको छैन। ग्राहकले बगैँचाबाटै छानीछानी आँप लग्नुहुन्छ,” उनले भने।

अर्का व्यवसायी मानबहादुर मडैले आँप लिनका लागि कैलालीको धनगढी, अत्तरिया क्याम्पसरोड, लम्की र कञ्चनपुरको गुलरिया, महेन्द्रनगर, दैजीलगायत स्थानबाट ग्राहकहरू आउने गरेको जानकारी दिए। यो सिजनमा हालसम्म पाँच लाख रुपैयाँ बराबरको आँप बिक्री गरिसकेको उनले बताए। “बगैँचामा अझै आधाभन्दा बढी आँप बाँकी नै छ। कोही अलि ढिलो पाक्ने जात पनि छन्। अझै रु १० लाख बराबरको आँप बाँकी होला,” मानबहादुरले थपे।

इन्द्रबहादुरले सिजनमा कामदारको ज्याला लगायत सबै खर्च कटाएर वार्षिक आठ लाख रुपैयाँसम्म बचत हुने गरेको जानकारी दिए। हाल दैनिक ३५ हजारदेखि ४५ हजार रुपैयाँसम्मको कारोबार हुने गरेको उनको भनाइ छ। यहाँ फुटकर ८० रुपैयाँ र होलसेल ६० रुपैयाँमा आँप बिक्री हुने गरेको छ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *