Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

अन्य जातिय तथा साँस्कृतिक पहिरन प्रमुख समाचार संस्कृति

आँबुखैरेनीमा वृहत् तीज महोत्सव : सांस्कृतिक उत्थान र मानवीय सेवाको अनुकरणीय संगम ।

आँबुखैरेनीमा वृहत् तीज महोत्सव : सांस्कृतिक उत्थान र मानवीय सेवाको अनुकरणीय संगम ।

Show us Love

राजेश सुनाम  आँबुखैरेनी, तनहुँ –


आँबुखैरेनी ,तनहुँ, भाद्र १0 – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित शिवालय मन्दिर प्राङ्गणमा भाद्र १० गते मंगलबार “तीज गीत तथा नृत्य प्रतियोगिता (२०८२” भव्यताका साथ सम्पन्न भएको छ। आँबुखैरेनी संस्कृति संरक्षण मञ्चद्वारा आयोजित यस वृहत् महोत्सवले स्थानीय कला, संस्कृति र मौलिकताको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुका साथै सामाजिक उत्तरदायित्वको उत्कृष्ट नमुना पनि प्रस्तुत गरेको छ।
नारी विषयवस्तुमा केन्द्रित यस प्रतियोगिताले तीज पर्वलाई मनोरञ्जनात्मक मात्र नभई, महिला सशक्तीकरण र उनीहरूको भावना अभिव्यक्त गर्ने सशक्त माध्यमका रूपमा स्थापित गरेको छ। यस सभ्य एवं भव्य कार्यक्रमको संयोजन अपेक्षा श्रेष्ठ चुमानले गर्नुभएको थियो भने कार्यक्रमका सदस्यहरू पम्फादेवी श्रेष्ठ र बिन्दु गुरुङले कुशल उद्घोषण गरेर कार्यक्रममा रौनक थप्नुभएको थियो।
आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्य, गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालको विशेष आतिथ्य र आँबुखैरेनी संस्कृति संरक्षण मञ्चका अध्यक्ष मनोज कुमार श्रेष्ठको सभापतित्वमा कार्यक्रम अपराह्न १:०० बजे सुरु भएको थियो। यो प्रतियोगिताले स्थानीय र छिमेकी पालिका र जिल्लाका आठवटा समूहलाई आफ्नो कला प्रदर्शन गर्ने अवसर प्रदान गर्‍यो ।
प्रतिस्पर्धा निकै रोमान्चक देखिन्थ्यो, जहाँ पुर्कोट युनेस्को क्लब बाईसजागर भानु-९ ले ९६।२ अंकका साथ प्रथम स्थान हासिल गर्न सफल भयो।

नेवा मिस पुचः मुग्लिन-चितवन ले ९४।५५ अंकसहित द्वितीय स्थान प्राप्त गर्‍यो

भने ब्राह्मण समाज नेपाल आँबुखैरेनी-३ तनहुँ ले ९०।१ अंकसहित तृतीय स्थानमा चित्त बुझायो ।

यसैगरी मर्स्याङ्दी बालज्योती बोर्डिङ स्कुल आँबुखैरेनी-३ तनहुँ ले ८१।६ अंकका साथ सान्त्वना स्थान हासिल गर्‍यो।

विजेता समूहहरूलाई आकर्षक नगद पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरियो । प्रथम, द्वितीय , तृतीय सान्त्वना स्थान हासिल गर्ने समूहले क्रमशः रु। ३०,०००, रु। २०,००० ,रु। १०,००० र रु। ५,००० नगद पुरस्कार प्राप्त गरे ।त्यस्तै, उत्कृष्ट नृत्य प्रस्तुत गर्ने होम माया थापा ले युवा व्यवसायी बासुदेव पुडासैनीबाट रु। ५,००० नगद राशि बराबरको चाँदीको पाउजु प्राप्त गर्नुभएको थियो । यस्ता पुरस्कारहरूले कलाकारलाई प्रोत्साहन दिँदै सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा लोकगायक राजु परियार, चन्द्र परियार, सुनिता सुनार, सन्तोष थपलिया, मनिष थापा, जीवन श्रेष्ठ र प्रज्वल अर्याललगायतका ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहेको थियो ।


लोकगायक सम्राट राजु परियार ले “डुम्रे भन्सार मायामाई घुमेको रहिछ संसारै।।।” गीतबाट वातावरणलाई ऊर्जा थपेका थिए। त्यसपछि उनले “कल्ले रुमाल हल्लायो” , “जानेलाई जान देऊ माया, बाटैमा रोकेर काम छैन।।।” लगायत ४ वटा कर्णप्रिय गीत प्रस्तुत गरे। गायिका सुनिता सुनार ले पनि मधुर आवाजमा ३ वटा गीत प्रस्तुत गरिन् । यद्यपि कार्यक्रम बेलुकी करिब ७:०० बजे समापन हुँदा समयाभावका कारण दर्शकहरूले राजु परियारका अझ धेरै गीत सुन्ने चाहना पूरा गर्न नसकेको अवस्थाले आयोजनाको समय व्यवस्थापनमा आगामी दिनमा थप सुधार आवश्यक रहेको देखिएको थियो ।
भगवान दास श्रेष्ठ (निवर्तमान अध्यक्ष, आँबुखैरेनी लोक संस्कृति संरक्षण मञ्च)

”आँबुखैरेनी लोक संस्कृति संरक्षण मञ्चका निवर्तमान अध्यक्ष भगवान दास मल्ल ले शुभकामना मन्तव्य राख्दै “२०६३ सालदेखि १७ वर्षसम्म अध्यक्ष भएर यो मञ्चसँग बिताएको मेरो अनुभवले एउटा कुरा सिकाएको छ—हाम्रो लोक संस्कृति हाम्रो पहिचान हो र यसको निरन्तरता युवापुस्ताले मात्र सुनिश्चित गर्न सक्छन्। यो तीज महोत्सवले संस्कृति जगेर्नामा मात्र होइन, मानवीय सेवामा पनि गहिरो संदेश दिएको छ। अबको पुस्ताले अझै जिम्मेवारीपूर्वक संस्कृति संरक्षणमा हातेमालो गर्ने हो भने आँबुखैरेनी मात्र होइन, सिंगो तनहुँकै सांस्कृतिक गौरव उजागर हुनेछ भन्ने मेरो विश्वास छ।


आफ्नो शुभकामना मन्तव्य राख्दै छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङले आँबुखैरेनीवासीका लागि लोक संस्कृति मुटुभन्दा पनि प्यारो रहेको बताए। साथै उनले महाभारत पर्वत श्रृङ्खलाको २१३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी(बुढी देवी मन्दिर क्षेत्रको विकासका लागि आगामी असोज १८ देखि २५ आँबुखैरेनी हाटबजारमा वाचनप्रविण पण्डित दिनबन्धु पोखरेलज्यूको मुखारविन्दबाट श्रीमद्भागवत प्रवचनका साथसप्ताह ज्ञान महायज्ञ आयोजना हुने जानकारी दिए ।
शुक्र चुमान (अध्यक्ष, आँबुखैरेनी गाउँपालिका)

“आँबुखैरेनीको तीज महोत्सवले हाम्रो स्थानीय कला, संस्कृति र मौलिकतालाई जगेर्ना गर्ने मात्र नभई महिला सशक्तीकरण र सामाजिक उत्तरदायित्वलाई पनि उजागर गरेको छ। संस्कृति कहिल्यै भड्किलो विकृतिमा फस्नु हुँदैन भन्ने कुरामा हामी दृढ छौं। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र संस्कृति संरक्षणमा कुनै कमी गर्न दिने छैन। समुदायको उत्साह र सहभागिताले देखाउँछ कि हामी सबै मिलेर सांस्कृतिक उत्थानसँगै मानवीय सेवामा पनि उदाहरण प्रस्तुत गर्न सक्छौं।”


तीजको अवसरमा आयोजित यस प्रतियोगिता तथा सांगीतिक कार्यक्रमले स्थानीय कला, संस्कृति र मौलिकताको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजक मञ्चले व्यक्त गर्‍यो। कार्यक्रममा महिला, युवायुवतीदेखि वृद्धवृद्धासम्मको उल्लेख्य उपस्थिति थियो, जसले यस सांस्कृतिक कार्यक्रमप्रतिको व्यापक जनसहभागिता र उत्साहलाई स्पष्ट रूपमा झल्काएको थियो ।


यस महोत्सवको सबैभन्दा प्रेरणादायी पक्ष भनेको मानवीय सेवा र सामाजिक उत्तरदायित्व हो। प्रतियोगिता चलिरहेकै क्रममा आँबुखैरेनी संस्कृति संरक्षण मञ्चले ७२ वर्षीया बेसहारा दुर्गा ठकुरीलाई आर्थिक सहयोग प्रदान गर्‍यो। आँबुखैरेनी गाउँपालिका(३ तल्लोबजारमा बस्दै आएकी दुर्गा आमालाई गाउँपालिका अध्यक्ष शुक्र चुमान मार्फत रु। ५,००० सहयोग हस्तान्तरण गरिएको थियो। मञ्चका अध्यक्ष मनोज कुमार श्रेष्ठ ले दुर्गा आमाको दैनिकी सहज बनाउन यो सहयोग गरिएको बताए। साथै, आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यसअघि लामो समय पहिचानविहीन जीवन बिताउँदै आएकी दुर्गा आमाले गत श्रावण २६ गते पालिका अध्यक्षको पहलमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी थिइन्, जसले उनको जीवनमा ठूलो परिवर्तन ल्याएको विश्वास गरिएको छ ।
समग्रमा, आँबुखैरेनीको तीज महोत्सव सांस्कृतिक उत्थान, प्रतिभाको सम्मान र मानवीय सेवाको अनुपम संगम बनेको छ। यस्ता कार्यक्रमहरूले समुदायमा सकारात्मक ऊर्जा प्रवाह गर्दै सामाजिक मूल्य र मान्यतालाई अझ बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन् ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *