Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

समाचार

होटल संचालक र कर्मचारीलाई एआई सम्वन्धि अभिमुखिकरण

होटल संचालक र कर्मचारीलाई एआई सम्वन्धि अभिमुखिकरण

Show us Love

टल संघ पोखरा नेपालले होटलकर्मी तथा उनीहरुका कर्मचारीका लागि मंगलबार एक दिने अभिमुखिकरण प्रदान गरेको छ । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र अनलाइनबाट हुने बुकिङको व्यवस्थापन सम्वन्धमा संघले यो कार्यक्रम आयोजना गरेको हो ।

कृत्रिम बुद्धिमता पनि भनिने एआई र अनलाईन ट्राभल एजेन्सीको प्रायोगबाट २०२५ मा होटलहरुले कसरी बढी भन्दा बढी आम्दानी बढाउन सक्छन् भन्ने विषयमा केन्द्रित भएर यो कार्यक्रम संचालन गरिएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कार्यक्रममा एक सय जना भन्दा बढी होटलकर्मी र उनीहरुका कर्मचारीले सहभागिता जनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले अभिमुखिकरणका सहभागीले एआईबारे धेरै बुझ्नै मौका पाएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्न संघलाई आग्रह गरे ।

उनले होटल क्षेत्रका लागि आगामी आर्थिक वर्षको बजेटमा सरकारले विद्युत् महशुलमा उद्योग सरहको मान्यता दिएकोमा अर्थमन्त्रालय र सरकारलाई धन्यवाद दिए । बैंकको ब्याजदर विगतमा दुई अंकमा भए पनि अहिले एकल अंकमा झर्नु सकारात्मक भएको भनाई उनले राखे । होटल संघ नेपालले गत वर्ष चीन र बंगलादेशमा प्रवद्र्धनात्मक कार्यक्रम संचालन गरेको स्मरण गराउँदै सल्लाहकार परिषद्का संयोजक पराजुलीले प्रवद्र्धनबाट मात्र पर्यटन अगाडि बढ्न सक्ने भनाई राखे ।

अभिमुखिकरणमा थप बोल्दै आयोजक संघका अध्यक्ष सुवेदीले संघले पोखराको प्रवद्र्धनका लागि जाउँ है पोखरा र चलिए पोखरा जस्ता अभियान संचालन गर्दै आएको स्मरण गराए । पोखराका होटलमा रहेको पाँच खर्बको लगानी जोगाउनका लागि पनि संघ सचेत भएर अगाडि बढेको भन्दै उनले आफ्ना सदस्यको हितका लागि संघ सँधै लड्दै आएको भनाई राखे ।

संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले अभिमुखिकरणबाट सहभागीले नजानेको कुरा जान्ने मौका पाएको भन्दै यो ब्रेन स्ट्रोमिङ गर्ने अवसर भएको भनाई राखे । कार्यक्रमका श्रोत व्यक्ति सन्तोष वरालले अहिले एआई एउटा क्रान्तिको रुपमा अगाडि आएको भन्दै यससँग डराएर भन्दा पनि यसलाई सदुपयोग गरेर पर्यटन क्षेत्र अगाडि बढ्नुपर्ने भनाई राखे । बरालले कार्यक्रममा अनलाईन ट्राभल एजेन्सी (ओटीए), अगोडा, बुकिङ डटकम लगायत होटल बुक गर्ने प्लाटर्फको अकाउण्ट संचालन र एआईको प्रयोगबारे जानकारी गराएका थिए ।

दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्युर) सँगको सहकार्यमा संघले लिभरेजिङ एआई, टेक्नोलोजी एण्ड ओटीएज शीर्षक दिएर यो अभिमुखिकरण आयोजना गरेको हो । कार्यक्रममा परियोजना गण्डकीका प्रमुख सुशील लिंखाले उक्त परियोजनाका बारेमा स्पष्ट पारेका थिए । कार्यक्रमको संचालन संघका सचिव पार्वता पाण्डेले गरेकी थिइन् ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *