हिउँ चितुवा जोगाउँदै बालबालिका
दुर्लभ वन्यजन्तु हिउँ चितुवा र यसको महत्त्वबारे विद्यालयमा ज्ञान लिएर सचेतना विस्तार गरी मुस्ताङ र ताप्लेजुङका बालबालिकाले समुदायमा आधारित संरक्षण कार्यक्रममा टेवा पुर्याइरहेका छन्। मुस्ताङको घरपझोङ गाउँपालिका-५, ठिनीका मिलन विकले कक्षा ९ सम्म मात्र पढेका छन्। तर सानै उमेरमा उनले संरक्षणकर्मीको भूमिका निर्वाह गरिरहेका छन्।




