मकालु बेस क्याम्प
मकालु (८,४८५ मि.) हिमाल पूर्वी नेपालको संखुवासभा जिल्लामा पर्दछ । यो संसारकै पाँचौं अग्लो हिमाल हो । यसलाई शेर्पा भाषामा ‘मारखालोग्यू’ र ‘खेम्पालुङ’ भनिन्छ । मारखालोग्यूको अर्थ दक्षिणतिर फर्केको भन्ने हुन्छ भने खेम्पालुङको अर्थ ठूलो देवता । यही हिमालको फेदसम्म पदयात्रा गरिन्छ । मकालु क्षेत्र ‘मकालु–बरुण राष्ट्रिय निकुञ्ज’ मा




