आस्था, एकता र संस्कृतिको अनुपम उत्सव: आँबुखैरेनी श्रीकृष्ण जन्माष्टमी जात्रा (भिडियाे सहित)
राजेश सुनाम आँबुखैरेनी, तनहुँ – आँबुखैरेनीमा यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्व विगतका वर्षहरूमा जस्तै भव्यता र सभ्यताका साथ सम्पन्न भएको छ। धार्मिक आस्था, सांस्कृतिक विविधता र सामाजिक सद्भावलाई प्रतिबिम्बित गर्ने यस पर्वले हजारौँ श्रद्धालु, स्थानीय तथा आगन्तुकहरूलाई आकर्षित गर्यो। लामो समयदेखि निरन्तर आयोजना




