Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

समाचार

पर्यटक यातायात चालक/सहचालकलाई दक्षता अभिवृद्धि प्रशिक्षण सम्पन्न

पर्यटक यातायात चालक/सहचालकलाई दक्षता अभिवृद्धि प्रशिक्षण सम्पन्न

Show us Love

काठमाडौं, असार १२ – नेपाल पर्यटक यातायात व्यवसायी संघ र नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा आयोजित १४० जना पर्यटक यातायात चालक तथा सहचालकहरूको लागि दक्षता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त प्रशिक्षण कार्यक्रम नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (CEO) दिपकराज जोशीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो। चार दिनसम्म सञ्चालित प्रशिक्षणमा सहभागीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

कार्यक्रमको समापन सत्रमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने समापन मन्तव्य संघका अध्यक्ष बेदराज बास्तोलाले दिनुभयो। कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू, वर्तमान पदाधिकारीहरू, पत्रकारज्यूहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

संघका अध्यक्ष बास्तोलाले यस्तो खालको प्रशिक्षणले चालक–सहचालकहरूमा व्यावसायिकता, सुरक्षित पर्यटन सेवा र सकारात्मक व्यवहार अभिवृद्धि गर्न मद्दत पुर्‍याउने बताउनुभयो।

संघले आगामी दिनहरूमा अझ बढी संख्या र स्तरमा यस्ता तालिमहरु सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *