Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

समाचार

मुस्ताङका चार पालिकामा याकच्याङ्ग्रापालकका लागि घुम्ती गोठ निर्माण

मुस्ताङका चार पालिकामा याकच्याङ्ग्रापालकका लागि घुम्ती गोठ निर्माण

Show us Love

मुस्ताङ, असार १३ ।

मुस्ताङ जिल्लाका चार गाउँपालिकामा याकच्याङ्ग्रा तथा चौँरीपालक किसानका लागि अस्थायी घुम्ती गोठ निर्माण गरिएको छ ।

थासाङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० भन्दा बढी गोठ निर्माण भइसकेको हो । यो कार्यक्रम याकचौँरी तथा च्याङ्ग्रा पालन गरिरहेका किसानलाई उच्च हिमाली क्षेत्रमा बस्न सहज बनाउने उद्देश्यले ल्याइएको हो ।

थासाङ गाउँपालिकाले ‘याक प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत संघीय सरकारबाट १० लाख, आफ्नै तर्फबाट ८ लाख र किसानको साझेदारीमा थप १८ लाख खर्चेर २० वटा गोठ निर्माण गरेको छ ।

गोठहरू मार्चे लेक, मुलीखर्क र बतासे लेकजस्ता चरन क्षेत्रहरूमा निर्माण गरिएका छन् ।

गोठमा ढुङ्गाको पर्खाल, काठको बार, जस्ता पाता छाना जडान गरिएको छ । अब गोठालाहरूले दूध, दही, घ्यू, छुर्पीजस्ता परिकार सजिलै बनाउने वातावरण भएको थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार ‘घुम्ती गोठ संरक्षण कार्यक्रम’ र ‘स्थानीय नश्लको पशु संरक्षण कार्यक्रम’ अन्तर्गत थासाङ र लोघेकरमा १०/१० लाख, वारागुङ र लोमान्थाङमा ५/५ लाख बजेट स्वीकृत गरी ९०% अनुदानमा गोठ निर्माण गरिएको हो ।

हिउँदमा याकच्याङ्ग्रालाई तल बेँसीमा झार्ने र गर्मीमा उच्च लेकमा चराउने प्रचलन भएकाले यस्तो घुम्ती गोठ निर्माण किसानहरूको लागि निकै उपयोगी देखिएको छ ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *