Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

प्रमुख समाचार

पर्यटकका लागि खानेपानीको समस्या

पर्यटकका लागि खानेपानीको समस्या

Show us Love

नाम्खा गाउँपालिका– ६ को लिमीको मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने पाँच हजार मिटर अग्लो स्थान लाप्चा क्षेत्रमा खानेपानीको समस्या भएको गुनासो आएको छ । विशेष गरी मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने स्थानमा हालसम्म खानेपानीको व्यवस्था गर्न नसकिएका कारण पर्यटकहरु समस्यामा पर्ने गरेका छन् ।

धार्मिक तथा पर्यटकीयस्थल लाप्चामा खानेपानीको ठुलो समस्या रहेको लाप्चा पुगेर मानसरोवर कैलाशको दुरदर्शन गर्नुभएका रामजन रावतले बताउनुभयो । अन्य संरचना निर्माण कार्य भए पनि खानेपानी जस्तो अति आवश्यक पर्ने कुरामा कसैको ध्यान जान नसक्नु दुःखको कुरा भएको उहाँको भनाइ छ ।

हालसम्म जति पनि आन्तरिक तथा बाह्य पर्यटकहरु लाप्चा पुगेर फर्किएका छन् उनीहरुले तुम्लिङबाट बोकेर लगिएको पानीले काम चलाउने गरेको बताए । रावतका अनुसार लाप्चा पुग्दा पाँच लिटर पानी बोकेर जानुपर्ने हुन्छ ।यसैगरी, लाप्चामा खानेपानीको समस्या भोग्नु भएका दन्त शाहीले यस्तो पर्यटकहरु आइरहने स्थानमा खानेपानीको ठुलो समस्या रहेको बताउनुभयो । खानेपानीको समस्याबारे जानकारी नभएका कारण उहाँहरुको समूहले पानी नबोकेका कारण ठुलै समस्या भोग्नुपरेको थियो ।

आर्थिक वर्ष ०८१–०८२ मा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मानसरोवर कैलाशको दुरदर्शन गर्न असहज भएको बेला पर्यटन बोर्डले खानेपानी बाहेकका अन्य संरचना निर्माण गरिसकेको छ ।

पहिले पशुपालक बाहेक कोही नजाने गरेको अवस्थामा विगत सात वर्षयता पर्यटकहरु लाप्चामा मानसरोवर कैलाशको दुरदर्शनका लागि जान थालेका छन् । वर्षमा एक हजार पाँच सयभन्दा बढी आन्तरिक र बाह्य  पर्यटकहरु लाप्चा पुग्ने गरेर र सबैले भोग्ने साझा समस्या भने पानी हो ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले खानेपानीको समस्या भएको स्वीकार गर्दै यसको स्रोतको खोजी भई रहेपनि हालसम्म पत्ता लगाउन नसकिएको बताउनुभयो । स्रोत पत्ता लागे खानेपानीका लागि लगानी गर्ने निकायहरु भेटाउन सकिने बताउदै उहाँले यो वर्ष पानीको स्रोतको खोजीमा लागि रहेको बताउनुभयो ।

यसमा दृश्याबलोकन गर्न सकिने क्षेत्रमा पर्यटकहरुलाई भित्रैबाट बसेर हेर्न सकिने क्षेत्रमा झ्यालमा सिसा राखिएको हल, शौचालय, फोहोर फाल्ने पाँच वटा डस्विन, चार वटा फोहोर जलाउने खाल्डो, दुई वटा स्तुपाहरु निर्माण गरिएका छन् ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *