Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

कृषि र हाटबजार

चैते धान बिक्री नहुँदा समस्यामा भजनीका किसान

चैते धान बिक्री नहुँदा समस्यामा भजनीका किसान

Show us Love

भजनी– कैलालीको भजनी नगरपालिका–३ का सन्तलाल चौधरीले यसवर्ष तीन बिघामा लगाएको धान बिक्री गर्न सकेका छैनन्। व्यापारीलाई हारगुहार गर्दा पनि धान बिक्री हुन नसकेको उनको भनाइ छ।

“व्यापारीले सस्तोमा धान खोज्नुहुन्छ। उहाँहरूले भनेको दररेटमा बिक्री गर्दा आफ्नो लागत नै उठ्दैन,” उनले भने, “धान रोपेर पछुतो लागिरहेको छ।” सरकारले चैते धानको समर्थन मूल्य तोकेको भए पनि त्यो मूल्यमा व्यापारी किसानको धान खरिद गर्न इच्छुक देखिएका छैनन्। प्रतिक्विन्टल २ हजारदेखि २ हजार ५०० सम्म रुपैयाँमा फाट्टफुट्ट बिक्री भइरहेको छ। 

गत वर्ष प्रतिक्विन्टल ३ हजार ८०० रुपैयाँमा बिक्री भएको थियो। यसवर्ष उत्पादन बढेपछि धान बिक्री गर्न समस्या भएको अर्का किसान डल्लु दासले बताए। कैयौँ किसानले उधारोमा पनि धान व्यापारीलाई दिएका छन्। पैसा कहिले पाइने भन्ने ग्यारेन्टी नभएर पनि व्यापारीलाई धान बिक्री गर्न थालेको डल्लुले बताए।

भजनी नगरपालिका–५ लालभोझीका कृषि बुढाले उत्पादन गरेको धान उधारोमा जबरजस्ती व्यापारीका जिम्मा लगाउनुपरेको गुनासो गरे।  “एक बिघा क्षेत्रफलमा चैते धान लगाउँदा झन्डै १८ हजार खर्च आउँछ। उत्पादन भएको धान बिक्री गर्नलाई बजार छैन,” उनले भने, “न्यूनतम दररेट तोकेको सरकारले कम्तीमा भनेकै दररेटमा धान खरिदको व्यवस्था गरिदिएको भए किसान हतोत्साहित हुने स्थिति आउने थिएन।”

भजनीमा यसवर्ष झन्डै एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धानको खेती भएको थियो। उत्पादनका हिसाबले किसानमा बर्सेनि आकर्षण बढ्दै गएको भए पनि बजारीकरणले सधैँ धोका हुने गरेको किसान परदेशु चौधरीको भनाइ छ। “उत्पादन राम्रो भएका कारण किसानको आकर्षण बढ्दै गएको छ,” उनी भन्छन्, “उत्पादन भएको धान बिक्रीका लागि हुने समस्याले आगामी वर्षमा उत्पादन घट्ने सम्भावना छ।”

वर्षात शुरू भइसकेका कारण किसानलाई उत्पादन भएको धान व्यवस्थापनमा चुनौती थपिएको छ। भजनी सामान्य वर्षामा डुबानमा पर्छ। डुबान भएपछि उत्पादन भएको धानलाई कहाँ व्यवस्थापन गर्ने भन्ने अर्को चिन्ता किसानलाई छ। स्थानीय भोजराज कठरिया भन्छन्, “वर्षातको समयमा घर बाढीले डुबाउँदा आफै हुलाकी सडकमा जानुपर्ने बाध्यता हुन्छ। खानका लागि राखिएको अन्नपात त जोगाउन सकिँदैन भने यत्रो धान कसरी व्यवस्थापन गर्ने होला?” 

किसानले उत्पादन गरेको धान अहिले पनि हुलाकी सडकमै छ। घरमा राख्ने ओभानो ठाउँ नभएपछि किसानले धान सडकमै राखेका हुन्। किसानलाई दबाबमा राखेर सस्तोमा धान खरिद गर्ने दाउ व्यापारीले खोजिरहेका छन्। भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले किसानको समस्या देखेर चिन्तित रहेको बताए। “प्रदेश सरकार, साल्ट ट्रेनिङ, संघीय सरकारसँग पनि किसानले उत्पादन गरेको धान खरिदको लागि आग्रह गर्दै आएका छौँ, सुनुवाइ भएको छैन,” उनले भने।

धानको समर्थन मूल्य तोकेको सरकारले धान खरिद गरेर सहजीकरण गरिदिन पनि उनले आग्रह गरे। भजनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको चैते धान जोन सञ्चालन हुँदै आएको छ। धान जोनका कारण यसवर्ष भजनीमा चैत धान विस्तार विगतको भन्दा बढेको थियो।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *