Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

प्रमुख समाचार

चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार

चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार

Show us Love

ललितपुरको गोदावरीमा सुविधा सम्पन्न होटल ‘गोदावरी फरेस्ट रिसोर्ट’ तयार भएको छ ।

निर्माण कार्य सुरु भएको ६ वर्षपछि रिसोर्ट सञ्चालनका लागि तयार भएको सञ्चालक युवराज श्रेष्ठले जानकारी दिनुभयो । 

अमेरिकन होटल चेन ब्रान्ड ‘बेस्ट वेस्टर्न प्लस’ को व्यवस्थापनमा रहेको ‘गोदावरी फरेस्ट रिसोर्ट’ दशैँ अगाडिबाट सञ्चालनमा आउने छ ।

एक अर्ब ९५ करोड रुपियाँ लागतमा तयार भएको रिसोर्टमा कुल ८३ वटा सुविधा सम्पन्न कोठा रहेका छन् । रिसोर्टमा श्रेष्ठसहित कुशन्द्र महत, कल्याण जोशी, राजेन्द्र भण्डारी, मदनलाल जोशीलगायतको संयुक्त लगानी रहेको छ।

यस्तै रिसोर्टमा तीन वटा सुविधा सम्पन्न मिटिङ हल, एउटा इन्फिनिटिभ स्विमिङ पुल, तीन सय क्षमतको इभेन्ट प्लेस, दुई वटा अत्याधुनिक रेस्टुरेन्ट, स्पा, फिटनेस सेन्टर, उच्चस्तरको ब्युटी पार्लर, गिफ्ट सपलगायत सुविधा रहेको छ । 

सञ्चालक श्रेष्ठका अनुसार पाँचतारे सुविधा प्रदान गरिने गरी तयार पारिएको रिसोर्टले अहिले चारतारे स्तरको वर्गीकरण लिनेछ । रिसोर्टमा ५० भन्दा बढी चारपाङ्ग्रे सवारी साधनका लागि पार्किङको क्षमता छ । 

‘‘रिसोर्ट मुख्यगरी भारतीय र चिनिया पर्यटकलाई लक्षित गरी निर्माण गरिएको हो । यस्तै गोदावरी वरपरको क्षेत्रमा हाइकिङ, ट्रेकिङका साथै धार्मिक पर्यटन पनि बढ्न थालेकाले आन्तरिक पर्यटकले पनि सुविधा लिन सक्ने छन्,’’ श्रेष्ठले भन्नुभयो । 

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *