Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

जीवनशैली प्रमुख विचार समाचार

जेनजी मुभमेन्ट देशमा संकट, शान्ति र होमस्टे पर्यटन

जेनजी मुभमेन्ट देशमा संकट, शान्ति र होमस्टे पर्यटन

Show us Love

“यसपटकको दशै घुमफिर होमस्टेमा”

हिमाल हेर्न र नेपालको प्राकृतिक छटामा रम्दै अध्यामीक शयर गर्न आएका पर्यटक कसरी छिटो भन्दा छिटो बसाई छा्ट्याएर आफ्नो देश फर्कने भन्ने तयारीमा छन । देशका पूर्वाधार तथा प्रशासनिक संयन्त्र कोल्यापसकै अवस्थामा छ । नेपालका एलिट वर्ग देशाटन भन्दा युरोप अमेरीका देखि सामुद्रीक शयरमा रमाउन थालेको दशक नै नाघेको अवस्थामा देशका आन्तरिक पर्यटन धानेको मध्यम वर्ग दशै कसरी मनाउने खर्च कसरी चलाउनेमा नै एक दशक नेपाली मध्यमवर्ग घोत्लीनुपर्ने अवस्था सिर्जना भएको छ । नेपाल अहिले राजनीतिक अस्थिरता, आर्थिक मन्दी र सामाजिक असन्तोषको अवस्थाबाट गुज्रिरहेको छ।

“आजको तनावपूर्ण परिस्थितिमा होमस्टे पर्यटन केवल आम्दानीको साधन मात्र होइन, मानसिक शान्ति र समाजलाई जोड्ने शक्तिशाली माध्यम पनि हो।”

अहिलेको अवस्थामा धेरैले सोच्न सक्छन् कि गाउँघर र पर्यटन क्षेत्र कमजोर छन् र संकटको सामना गरिरहेका छन्। तर वास्तविकता यो हो कि होमस्टे पर्यटन अझै सशक्त छ। होमस्टे पर्यटनले गाउँघरलाई आर्थिक, सांस्कृतिक र सामाजिक दृष्टिले सुदृढ बनाउने मात्र होइन, बर्तमान नेपालको राजनैतिक तथा सामाजिक अवस्था अन्योलपुर्ण स्थिती सिर्जना भएको छ। मानिसको आर्थिक मात्रै नभई मानसिक स्वास्थ्यमा पनि असर गरेको छ यस किसिमका समस्याका समाधान र समाजलाई नयाँ आसा र बिश्वास कायम नयाँ ठाउ घुम्ने रम्ने र घुमफिरले स्थिती सामान्यीकरणमा महत्वपूर्ण भूमिका पनि खेल्छ। गाउँमा पाहुनालाई स्वागत गर्दै स्थानीयहरूलाई आत्मनिर्भर बनाउँदै सांस्कृतिक पहिचानको संरक्षण गरी आपसी समझदारी तथा सहकार्य बढाउन नेपाली समाजमा होमस्टे पर्यटनले समग्र पर्यटन र मध्यमवर्गको पर्यटन र आन्दोलनले ल्याएको शुन्यतामा केही रंग भर्न सक्नेछ।
होमस्टे पर्यटन समस्याहरू र चुनौतीहरू ः
– आन्तरिक र विदेशी पर्यटकको कमी्
– आर्थिक अस्थिरता
– मानसिक स्वास्थ्य संकट
– सांस्कृतिक र सामाजिक दूरी
संकटमा होमस्टे पर्यटनको मल्हम
होमस्टेले गाउँघरमै रोजगारी सिर्जना गरी स्थानीय उत्पादन, खाना, हस्तकला र सांस्कृतिक कार्यक्रमको माध्यमबाट आम्दानी बढाउदै महिलाहरू र युवाहरूलाई स्वरोजगारको अवसर दिएको पाईन्छ। गाउँको शान्त वातावरण, प्राकृतिक सुन्दरता र साधारण जीवनशैलीले तनाव कम गर्न सफलसिद्ध भएको छ भने पाहुनासँगको अन्तरक्रियाले आत्मीय सम्बन्ध बढाउन र सामाजिक सहकार्यलाई बलियो बनाएको पाईन्छ। लोकगीत, नृत्य, परम्परागत खाना र गाउँको जीवनशैली अनुभव गर्दा मानिसमा गर्व र आत्मविश्वास बढ्छ भने अर्कातिर सांस्कृतिक अनुभवले पहिचान सुरक्षित राख्न सहयोग गर्छ। होमस्टे समुदायमा आधारीत भएर समुदाय स्तरमा सञ्चालन हुने हुदाँ स्थानियस्तरमा सहकार्य र साझा प्रयास बढ्छ। हालको अवस्था होमस्टेले असन्तोष र द्वन्द्व कम गर्दै मानिसहरू आपसमा संवाद र समझदारी गर्न प्रेरित गर्दछ ।


होमस्टेमा आन्तरिक पर्यटकलाई आकर्षित गर्न के गर्न सकिन्छ?
– आन्तरिक पर्यटकलाई आकर्षित गर्ने प्याकेज
– सप्ताहन्त वा छोटो भ्रमण प्याकेज तयार पार्नुहोस्।
– बजेटमैत्री र आकर्षक अफरले शहरबासीलाई गाउँ तिर आकर्षित गर्न सक्छ।
– डिजिटल प्रचार–प्रसार
– अर्गानिक ब्राण्डीङ्ग
– फेसबुक, टिकटक, युट्युब, वेबसाइट र अनलाइन बुकिङ प्रणालीमा सक्रिय हुनुहोस्।
– भर्चुअल टुर, फोटो कथा र पाहुनाको अनुभव साझा गर्नुहोस्।
– होमस्टे सञ्चालकलाई अतिथि सत्कार, सरसफाइ, स्वास्थ्य सुरक्षा र डिजिटल मार्केटिङ तालिम।
– गुणस्तर मापदण्ड निर्धारण र प्रमाणीकरण कार्यक्रम।
– मानसिक स्वास्थ्य र अनुभव गतिविधि
– योग, ध्यान, हाइकिङ, कथा–गीत सत्र र कला–सिर्जना कार्यशालाको व्यवस्था।
– पाहुनाले सकारात्मक अनुभव पाएमा उनीहरू मानसिक रूपमा पुनर्जीवित हुन्छन्।
– साझेदारी र पूर्वाधार विकास
– राज्य, समुदाय र निजी क्षेत्रको सहयोगमा सडक, पानी, पावर, इन्टरनेट र स्वास्थ्य सेवा सुनिश्चित।
– स्वास्थ्य र मानसिक स्वास्थ्य सेवाको पहुँच गाउँसम्म पु-याउने।
अन्त्यमा सामाजिक सञ्जालको शक्ति हालको नेपाली पुस्ताले रामैसँग थाह पाएको छ । यसको अधिकतम फाईदा लिने हेतुले सञ्जालमा “यसपटकको दशै घुमफिर होमस्टेमा” भन्ने अभियान सञ्चालन गरी यसलाई सफल तुल्याउन तपाई हामी सबै होमस्टे अभियन्ताको सफलता हुनेछ ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *