Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

अन्य कृषि र हाटबजार पालिका खबर समाचार

सहिद लखन गाउँपालिकाद्वारा अनुदान वितरण

सहिद लखन गाउँपालिकाद्वारा अनुदान वितरण

Show us Love

गोरखा, साउन ८ — सहिद लखन गाउँपालिका–३ मा क्रियाशील नयाँपुल कृषि उपज सहकारी संस्था लिमिटेडको आयोजनामा पालिकाद्वारा कृषि उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिकाको कृषि उत्पादनमा आधारित अनुदान कार्यक्रमको बजेटबाट उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रम सहिद लखन गाउँपालिका वडा नं. २ र ३ का ३५ जना उत्पादनशील कृषकहरूलाई कूल रू। १,८७,२०८ बराबरको अनुदान वितरण गरिएको हो।

सहिद लखन गाउँपालिकाको कृषि उत्पादनमा आधारित अनुदान कार्यक्रमको बजेटबाट उक्त कार्यक्रम सम्पन्न गरिएको सहिद लखन गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दिपक पाण्डेले जानकारी दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् गाउँपालिका अध्यक्ष रामेशबाबु थापा मगर र वडा नं। ३ का अध्यक्ष दीपक पाण्डे लगायतका जनप्रतिनिधि तथा गाउँपालिकाका कृषि अधिकृत नविन अधिकारी विशेष उपस्थिति रहेको थियो।

वडा अध्यक्ष पाण्डेका अनुसार, कार्यक्रमको उद्देश्य उत्पादनशील किसानलाई प्रत्यक्ष सहुलियत अनुदान हस्तान्तरण गरी कृषिमा लगानी, आत्मनिर्भरता र व्यवसायिकता बढाउनु हो। यस्ता कार्यक्रमले कृषकमा उत्साह वृद्धी हुने अपेक्षा पालिकाले लिएको छ । स्थानीय उत्पादनमा आधारित यस्ता कार्यक्रमहरूले कृषक सशक्तिकरण, कृषि व्यवसाय प्रवर्द्धन र समृद्ध गाउँ निर्माणमा सहयोग पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

कृषि एम्बुलेन्स खरिद गर्ने योजना

कार्यक्रममा आगामी आर्थिक वर्षमा पालिकाले कृषकको सुविधालाई ध्यानमा राख्दै एक थान कृषि एम्बुलेन्स खरिद गर्ने योजना समेत अघि सारिएको छ, जसले कृषिजन्य सामग्री ढुवानी, बीउबिजन तथा उत्पादनको बजारीकरणमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *