Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

जातिय तथा साँस्कृतिक पहिरन

गुप्सी नमुना बस्ती सामुदायिक होमस्टे स् २७०० मिटर उचाइमा संस्कृति, हिमाल र शान्तिको अनुपम संगम

गुप्सी नमुना बस्ती सामुदायिक होमस्टे स् २७०० मिटर उचाइमा संस्कृति, हिमाल र शान्तिको अनुपम संगम

Show us Love

धार्चे गाउँपालिका, गोरखा — गोरखा जिल्लाको हिमाली क्षेत्र धार्चे गाउँपालिका अन्तर्गत अवस्थित गुप्सी नमुना बस्ती सामुदायिक होमस्टे पर्यटकहरूको नयाँ आकर्षक गन्तव्यको रुपमा विकास हुँदै गएको छ

समुद्री सतहदेखि करिब २७०० मिटर उचाइमा अवस्थित यस होमस्टे क्षेत्र गोरखा बजारबाट करिब ६० किलोमिटरको दूरीमा पर्छ। यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, हिमचुली, गणेश हिमाल सहित २० भन्दा बढी हिमशृङ्खला को मनोरम दृश्यावलोकन गर्न सकिन्छ।

होमस्टे सञ्चालक समितिका अध्यक्ष दलबिर गुरुङका अनुसार, हाल १३ घर सहभागी भएर होमस्टे सेवा प्रदान गरिरहेका छन्। यहाँ पुसदेखि फागुन महिनासम्म हिउँ पर्ने हुँदा हिउँमाथि रमाउने पर्यटकहरूका लागि उपयुक्त गन्तव्य बन्ने गर्दछ।

गुप्सी होमस्टे न केवल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ, यहाँको गुरुङ समुदायको संस्कृति, पहिरन, खाना र जीवनशैली पनि पाहुनाहरूको प्रमुख आकर्षण बनेको छ। अध्यक्ष गुरुङ भन्छन्, “हाम्रो उद्देश्य गाउँको आत्मा नहराएको पर्यटन विकास गर्नु हो – जहाँ पाहुनाले घरको जस्तो अनुभव पाउँछन्।”

गुप्सी नमुना बस्ती सामुदायिक होमस्टेले आगन्तुकहरूलाई स्थानीय जीवनशैली बुझ्ने, हिमाली वातावरणमा रमाउने, मौलिक संस्कृतिमा घुलमिल हुने र शान्त प्राकृतिक परिवेशमा विश्राम गर्ने मौका प्रदान गर्दछ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *