Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

अन्य उप प्रमुख कृषि र हाटबजार पालिका खबर समाचार

आँबुखैरेनीमा शुक्रबारे हाटबजारको सफलतापछि सोमबार समेत हाटबजार सुरू (फाेटाे फिचर)

आँबुखैरेनीमा शुक्रबारे हाटबजारको सफलतापछि  सोमबार समेत हाटबजार सुरू (फाेटाे फिचर)

Show us Love

आबुँखैरेनी।आबुँखैरेनीमा आज एक बिशेस समारोहका बिच सोमबारे हाटबजारको उद्धघाटन भएको छ। देशैभर बर्तमान अवस्थामा आर्थिक मन्दिले गाँजिरहेको अवस्था रहेको छ। बिगतका दैलाेमा दशै आईपुग्दा गुल्जार हुने बिभिन्न चोक बजारहरुका हाल भने ब्यापारीहरु फुर्सदिला छन। आजको अवस्थामा यस्ता बिभिन्न ठाउँहरुमा कसरी आर्थिक चहलपहल बढाउने भन्ने सबैको चासो रहेको पाईन्छ। आँबुखैरेनी गाउँपालिकाले यस परीस्थितिबाट आफ्ना जनतालाई कसरी बाहीर निकाल्न सकिन्छ भनेर हरपल तत्पर छ । कृषीमा आत्मनिर्भरता – कृषकको जनजिविकामा सहजता भन्ने मुल नारा बनाई आबुँखैरेनी गाउँपालिकाले रैथाने हाटबजार सुरु गरेको केहि समयमा नै आबुँखैरेनीमा फेरी अर्को हाटबजार यसै पालिकाको सिद्धीगणेश टोलमा बिस्तार गर्न सफल भएको छ ।

गाँउपालिकाकाे अगुवाइमा शुक्ररबार मात्रै सञ्चालन हुदै आएकाे हाटबजार पालिका अध्यक्षकाे अग्रसरतामा साेमबार समेत थप गरी हप्तामा २ दिन दुइ फरक स्थानमा लाग्ने भएकाे छ।

आज उद्धघाटको दिनमा मात्रै करीब चार लाख रुपैयाँ बराबरको रैथाने उपज तथा अर्गानिक तरकारी बिक्रिबितरण गर्न सफल भएको हाटबजारले स्पस्ट रुपमा हाटबजार बिस्तार तथा सञ्चालनको औचित्य पुष्टि भैसकेको छ।आजको दिनमा मानिसहरुलाई कृषि कर्म भन्ने बित्तिकै हेला होचो गर्ने समयमा यसरी बिस्तार भएको हाटबजारले किसानलाई उत्साहित गर्ने काम गरेको पाइएको छ। उचित र बिषादी रहित तरकारी सहज रुपमा नभेटिदा अहिलेको समयमा बिभिन्न रोगहरु पनि देखिन थालेको छ।यस्तो अवस्थामा पालिकाको सक्रियतामा सञ्चालन गरीएको हाटबजारले अधिकांश उपभोक्ताले झेलेको त्यस्ता बिभिन्न समस्यालाई समाधान गर्ने बिस्वास पनि गरिएको छ। किसानको मेहनतले यथोचित महत्व पाई कृषि कर्ममा थप दत्तचित्त भएर लाग्न प्रोत्साहन गरेको छ ।

कृषि हाम्रो परीवर्तनको मुलआधार हो : अध्यक्ष शुक्र चुमान

पालिका अध्यक्ष शुक्र चुमान आफु कृषक परीवारबाट नै भएको कृषि हाम्रो परीवर्तनको मुलआधार हो जुनसुकै अवस्थामा पनि अर्गानिक खानपान र रैथाने उपज हामिलाई जहिलेपनि आवश्यक पर्ने छ साथै जनताको सेवाबाट फुर्सद मिल्ने बित्तिकै सधैँ कृषिकर्ममा रम्ने गरेको उल्येख गरे । यस्ता हाटबजार हप्ताको सातैदिन सञ्चालन गर्न सके अझैपनि गाउँपालकाले आफ्नो तर्फबाट बिभिन्न सहयोग गर्न जहिलेपनि तयार रहेको र स्थानिय उत्पादनलाई गुणस्तरमा ध्यान दिई उत्कृष्ठ प्याकेजिङ्ग तथा बान्डिङ्ग गरी बजारमा कसरी लैजान सकिन्छ भन्नेमा आफु जहिलेपनि मेहनत गररिहेको बताएका छन। यस हाटबजारलाई अर्गानिक कोसेली घरको रुपमा बिकास र बिस्तार गर्नतर्फ यस हाटबजारका संचालकलाई आग्रह गर्दै कम्तिमा एक दिन रैथाने खाजा र खानाको मेलागर्ने गरी व्यवस्था मिलाउन तर्फ ध्यान दिन आवस्यक रहेको र यो कार्यक्रम छिट्टै कार्यान्वयको क्रममा रहेको पनि बताएका छन।


राजमार्गकै काखमा सञ्चालमा आएको यस हाटबजारलाई तरकारी बजार मात्रै नभई अर्गानिक कोसेली घरको रुपमा यसको बिकास र बिस्तार गर्नेहो भने र हाटबजारका संचालकले कम्तिमा एक दिन रैथाने खाजा र खानाको मेलागर्ने गरी ब्यबस्था गर्ने योजना पनि कार्यान्वयन भएको अवस्थामा यस क्षेत्रमा आर्थिक गतिबिधिमा सकारात्मक परीवर्तन हुने देखिन्छ । कृषकको आयआर्जनमा टेवा पुग्ने उपभोक्ताले आफ्नै घरआँगनमा बिभिन्न अर्गानिक तरकारी तथा फलफुलहरु सहज र सरल मुल्यमा उपभोग गर्न पाउने यस हाटबजार सफल हुदै जाने हो भने भबिष्यमा कृषिकर्म सबैको पहिलो रोजाईमा पर्न सक्ने देखिएको छ ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *