Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

उप प्रमुख विचार समाचार संस्कृति

होमस्टे तथा ग्रामीण पर्यटन प्रवर्द्धनका लागि HOFEN र Discover Temi बीच MOU सम्पन्न ।

होमस्टे तथा ग्रामीण पर्यटन प्रवर्द्धनका लागि HOFEN र Discover Temi बीच MOU सम्पन्न ।

Show us Love

नवलपुर ।होमस्टे महासंघ नेपाल (HOFEN) को विदेश विभागको अग्रसरतामा भारतको सिक्किम राज्यमा ग्रामीण पर्यटन प्रवर्द्धनमा उदाहरणीय कार्य गर्दै आएको संस्था Discover Temi सँग द्विपक्षीय तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित समझदारीपत्र (MOU) मा हस्ताक्षर गरिएको छ। उक्त समझदारी नेपाल र भारत (सिक्किम) बीच people-to-people tourism diplomacy लाई संस्थागत रूप दिनेतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

समझदारीपत्र अनुसार दुवै संस्थाबीच ग्रामीण तथा होमस्टे पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धन, अनुभव, सीप तथा उत्कृष्ट अभ्यास (best practices) को आदान–प्रदान, होमस्टे सञ्चालक तथा स्थानीय समुदायको क्षमता अभिवृद्धि, संयुक्त तालिम, अध्ययन भ्रमण, सांस्कृतिक आदान–प्रदान कार्यक्रम सञ्चालन गरिनेछ। साथै, अन्तर्राष्ट्रिय पर्यटन बजारलाई लक्षित संयुक्त प्रचार–प्रसार अभियानमार्फत नेपाल र सिक्किमका ग्रामीण गन्तव्यहरूलाई एकीकृत पर्यटन सर्किटका रूपमा विकास गर्ने आधार तयार गरिने अपेक्षा गरिएको छ।

आगामी दिनमा यस्ता अन्तर्राष्ट्रिय साझेदारीलाई थप विस्तार गर्दै नेपाललाई South Asia को प्रमुख ग्रामीण तथा होमस्टे पर्यटन गन्तव्यका रूपमा उभ्याउने लक्ष्य लिएको होमस्टे महासंघ नेपालका उपाध्यक्ष तथा विदेश विभाग प्रमुख धनिश्वर बस्यालले जानकारी दिनुभयो।

यो सहकार्यले सीमापार ग्रामीण पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउँदै दिगो पर्यटन प्रवर्द्धन, सामुदायिक सहभागिता विस्तार तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास लिइएको छ। हिमाली क्षेत्रको साझा सांस्कृतिक पहिचान, आतिथ्य संस्कार र जीवनशैलीलाई अन्तर्राष्ट्रिय पर्यटकमाझ एक साझा ब्रान्डका रूपमा स्थापित गर्न पनि यो समझदारी कोशेढुंगा सावित हुने महासंघको धारणा छ।

महासंघले यस्ता अन्तर्राष्ट्रिय सहकार्यमा आधारित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यशाला र गोष्ठीमार्फत नेपालका स्थानीय होमस्टे सञ्चालकहरूको आवाजलाई वैश्विक पर्यटन नीतिसँग जोड्ने, नीतिगत सुधारलाई व्यवहारिक बनाउने तथा होमस्टे पर्यटनलाई नेपालको आर्थिक र सांस्कृतिक आधारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *