Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

जीवनशैली प्रमुख समाचार

महिलाकाे आयआर्जनका लागि विकल्प बन्दै ‘होमस्टे’

महिलाकाे आयआर्जनका लागि विकल्प बन्दै ‘होमस्टे’

Show us Love

पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै जान थालेका छन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला घरबासबाट मनग्य आम्दानी हुन थालेपछि यसतर्फ जोडिन थालेका हुन् ।

जिल्लाका विभिन्न ठाउँमा घरबासबाट महिलाले आम्दानी गर्न थालेपछि तिनाउ गाउँपालिकाभित्रका महिला पनि यसतर्फ आकर्षित भएका छन् । यहाँका केही महिलाले घरबास सञ्चालन गरिसकेका छन् भने केहीले सञ्चालन गर्न आवश्यक ज्ञान, सीप सिक्न तम्सिएका छन् ।

घरबासमा लाग्न तालिम

महिला घरबासतर्फ आकर्षण बढ्न थालेपछि गाउँपालिकाले महिलालाई ज्ञान, सीप प्रदान गर्न तालिम दिँदै आएको छ । महिलालाई थप उत्साह, ज्ञान सीप प्रदान गर्न पाल्पा विकास केन्द्र, सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा गाउँपालिकाले तालिम दिएको हो ।

महिलाको आयआर्जन बढाउने काममा समुदायस्तरमा जस्तोसुकै सहयोग गर्न पालिका तयार

यहाँका ६ वटै वडामा घरबासमार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, गाउँगाउँमा आर्यआर्जन बढाउने, महिलाको उद्यमशीलता बढाउने र महिलालाई आर्थिक रूपमा बलियो बनाउन तालिम दिइएको पालिका अध्यक्ष श्रेष्ठले बताए। गाउँपालिकालाई पर्यटन तथा कृषिका माध्यमबाट समृद्ध बनाउने, महिलाको आयआर्जन बढाउने काममा समुदायस्तरमा जस्तोसुकै सहयोग गर्न पालिका तयार रहेको उन्को भनाइ छ ।

स्वरोजगार बनी आयआर्जनमा जोडिन तिनाउवासीलाई समस्या नरहेको पालिकाका उपाध्यक्ष लालबहादुर थापाले बताए । उनले भने, “मेहनत गर्नुस् घरमै बसीबसी महिनाको रु ४०–५० हजार सजिलै कमाउन सकिन्छ । पालिकाले वातावरण तथा पूर्वाधार, तालिम उपलब्ध, कला संस्कृति संरक्षणलगायत क्षेत्रमा समुदायलाई आवश्यक सहयोग गर्नेछ ।”

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *