Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

कृषि र हाटबजार पालिका खबर प्रमुख समाचार

पालुङटारमा हाट बजार उद्घाटन : स्थानीय उत्पादनलाई सहज बजार पहुँच(फोटो फिचर सहित)

पालुङटारमा हाट बजार उद्घाटन : स्थानीय उत्पादनलाई सहज बजार पहुँच(फोटो फिचर सहित)

Show us Love

गोरखा — पालुङटार नगरपालिकाको वडा नं.४, बाह्रपिर्केमा असोज ९ गते आयोजना गरिएको पालुङटार हाट बजार उद्घाटन कार्यक्रम स्थानीय कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध बलियो बनाउने र स्थानीय उत्पादनलाई सहज बजार पहुँच बनाउने उदेश्यका साथ सम्पन्न भयो। उद्घाटन कार्यक्रममा नगरपलिकाका नगर प्रमुख, नगर उपप्रमुख,पलिकाका बिभिन्न पदाधिकारीहरु तथा कृषक समूहका सदस्य र स्थानिय बासीहरुको बाक्लो उपस्थिती रहेको थियो। उद्घाटन कार्यक्रम नगर कार्यपालिकाको कार्यालय अन्तर्गत स्थानीय हाट बजार सञ्चालन तथा व्यवस्थापन समितिले आयोजना गरेको हो। कार्यक्रमअन्तर्गत कृषकका तरकारी, फलफूल, अन्नबाली, जडीबुटी,कुखुरा तथा खसीबोका लगायतका उत्पादन साथै त्यसका उत्पादनहरु प्रदर्शनीका लागि राखिएको जानकारी आयोजकले दिएका छन्।

उद्घाटन समारोहमा सांस्कृतिक झाँकी, स्थानीय नृत्य तथा अतिथिहरुको मन्तव्यसमेत रहेको थियो।

पालुङटार हाट बजारले उपभोक्तालाई सस्तो र ताजा उत्पादन उपलब्ध गराउने साथै कृषकलाई उत्पादन बिक्री गर्ने प्रत्यक्ष बजार उपलब्ध गराउने आशा गरिएको आयोजकले जनाएको छ।

नगर प्रमुख विवस चिन्तन

नगर प्रमुख विवस चिन्तन ले कार्यक्रमको उद्धघाटनको अवसरमा “पालुङटार हाट बजार केवल व्यापारको स्थल मात्र होइन, यो हाम्रो स्थानीय अर्थतन्त्रलाई सबल बनाउने माध्यम हो। यहाँबाट कृषकले आफ्ना उत्पादनलाई उचित मूल्यमा बिक्री गर्न पाउनेछन् भने उपभोक्ताले ताजा र गुणस्तरीय वस्तु प्राप्त गर्नेछन्। यसले नगरको आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ महत्वपूर्ण योगदान पुयाउने विश्वास लिएको छु। आगामी दिनमा यो बजारलाई अझ व्यवस्थित, आकर्षक र दिगो बनाउन नगरपालिकाले निरन्तर सहयोग गर्नेछ।”

नगर उप प्रमुख वन्दना पाण्डे

नगर उप प्रमुख वन्दना पाण्डेले “हाम्रो नगरको विकासको आधार नै स्थानीय उत्पादन र स्थानीय उद्यम हुन्। पालुङटार हाट बजारले कृषक, महिला समूह, युवायुवती र उद्यमशील नागरिकलाई आफ्नो श्रम र सीपलाई प्रत्यक्ष बजारसँग जोड्ने अवसर दिएको छ। यसबाट विशेषगरी महिला तथा साना कृषकलाई सशक्तिकरण हुने, आत्मनिर्भर जीवनशैलीतर्फ अग्रसर हुने विश्वास लिएको छु। नगरपालिकाले यस बजारलाई समावेशी, पारदर्शी र नियमित बनाउन आवश्यक सहयोग र अनुगमन गर्नेछ।”

देशैभर बर्तमान अवस्थामा आर्थिक मन्दिले गाँजिरहेको अवस्था रहेको छ। बिगतका समयमा गुलजार हुने बिभिन्न चोक बजारहरुका ब्यापारीहरु फुर्सदिला छन।आजको अवस्थामा यस्ता बिभिन्न ठाउँहरुमा कसरी आर्थिक चहलपहल बढाउने भन्ने सबैको चासो रहेको पाईन्छ। यस अवस्थामा पनि पालुङटार नगरपालिकाले यस परीस्थितिबाट आफ्ना जनतालाई कसरी बाहीर निकाल्न सकिन्छ भनेर बिशेष ध्यान दियको पाईयको छ । “ताजा उत्पादन, उचित मूल्य — पालुङटार हाट बजार हाम्रो साझा धरोहर।” भन्ने मुल नारा बनाई पालुङटार नगरपालिकाले रैथाने हाटबजार सुरुगरेको हो ।आज उद्धघाटको दिनमा मात्रै करीब पाँच लाख रुपैयाँ बराबरको रैथाने उपज तथा अर्गानिक तरकारी बिक्रिबितरण गर्न सफल भएको हाटबजारले स्पस्ट रुपमा हाटबजार बिस्तार तथा सञ्चालनको औचित्य पुष्टि भैसकेको छ।

आजको दिनमा मानिसहरुलाई कृषि कर्म भन्ने बित्तिकै हेला होचो गर्ने समयमा यसरी बिस्तार भएको हाटबजारले किसानलाई उत्साहित गर्ने काम गरेको पाइयको छ।उचित र बिषरहित तरकारी सहज रुपमा नभेटिदा अहिलेको समयमा बिभिन्न रोगहरु पनि देखिन थालेको छ।यस्तो अवस्थामा पालिकाको सक्रियतामा सञ्चालन गरीएको हाटबजारले अधिकाँस उपभोक्ताले झेलेको त्यस्ता बिभिन्न समस्यालाई समाधान गर्ने बिस्वास पनि गरीएको छ। किसानको मेहनतले यथोचित महत्व पाई कृषिकर्ममा थप दत्तचित्त भएर लाग्न प्रोत्साहन गरेको छ ।

Show us Love

About Author

Homestay Khabar

1 Comment

  • कुरो राम्रो हो! पालिकाले अब गति समात्छ कि? यो पनि जेन्जी आन्दोलनकै उपज हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *