Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

प्रमुख समाचार

पर्यटन उद्योगलाई उठाउन सरकार र निजी क्षेत्रकाे संयुक्त पहल

पर्यटन उद्योगलाई उठाउन सरकार र निजी क्षेत्रकाे संयुक्त पहल

Show us Love

मुलुकको पर्यटन पुनःउत्थान गर्न सरकार र निजी क्षेत्रले सामूहिक एक्यबद्धता जनाएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा सोमबार भएको छलफलमा सरोकार भएका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले सबै मिलेर पर्यटन पुनःउत्थानमा लाग्ने बताए।‘जेनजी’ आन्दोलनका कारण नेपालको पर्यटन संरचनामा पनि ठूलो क्षति र चुनौती थपिएको उल्लेख गर्दै सहभागीले त्यसका बाबजुद पर्यटन क्षेत्र पुनःस्थापना र प्रगतिको मार्गमा अघि बढिरहेको धारणा राखे।मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पर्यटन क्षेत्रलाई पुनर्जीवन दिनका लागि नीतिगत अड्चन फुकाउन मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताए।

उनले भने, ‘पर्यटन क्षेत्रको पुनःउत्थानका लागि आवश्यक सुधार गर्न तत्काल पहल थालिएको छ। नेपालको छवि सुधार र सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत नेपाल सुरक्षित गन्तव्य भएको विषय विदेशमा फैलाउन आवश्यक पहल गर्न हामी काम गरिरहेका छौँ।’सचिव मैनालीले नेपाल आउने पर्यटकलाई पहिलो प्राथमिकतामा राख्दै उनीहरूको सुरक्षित आवागमनको सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिए।‘यस घटनाले हामीलाई धेरै सिकाएको छ। प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् विस्तार हुने क्रम सुरु भएसँगै राम्रो सन्देश विश्वभर पुगेको छ। हामी आशावादी भएर काम गरिरहेका छौँ,’ उनले भने।

पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले यस सिजनलाई सक्रिय बनाउन ‘पर्यटन प्याकेज’ सार्वजनिक गर्नुपर्ने बताए। उनले दूतावास, गैरआवासीय नेपाली र अन्य सञ्जालमार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आवश्यक रहेको जिकिर गरे।पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराम लामिछानेले पोखरामा रहेका पर्यटन व्यवसायीसँग त्यहाँ भएको क्षतिको विवरण संकलनका लागि समन्वय भएको उल्लेख गर्दै त्यहाँ आवागमन गर्ने पर्यटकलाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताए।उनले भने, ‘हाम्रा ट्रेकिङ रुटहरू सुरक्षित छन्। साहसिक पर्यटकीय गन्तव्यमा पनि सहज आवागमन सुरु भइसकेको छ। त्यसकारण पोखरा आवागमन गर्ने पर्यटकलाई कुनै समस्या हुँदैन, आवश्यक सहजीकरणका लागि हामी तयार छौँ।’

होटल संघ नेपालका अध्यक्ष विनायक शाहले होटल व्यवसायमा क्षति भए पनि पाहुनाका लागि स्वागत र आतिथ्य सेवामा कुनै कमी नहुने बताए।‘साहसिक पर्यटनका क्षेत्रमा खासै असर परेको छैन। यो क्षेत्र सुरक्षित भएकाले पर्यटकको संख्या बढ्दै गएको छ,’ उनले भने।नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले नेपाल सुरक्षित रहेको सन्देश व्यापक बनाउनुपर्ने बताए। उनले प्राकृतिक विपद् र हालको संकट फरक भएकाले दीर्घकालीन समस्या समाधानका लागि काम गर्नुपर्ने धारणा राखे।

पर्यटन बोर्डका सदस्य ऋषि भण्डारीले पुनःउत्थानका लागि निरन्तर प्रयत्न आवश्यक रहेको बताएका छन्। ‘हरेक संकटपछि नेपालको पर्यटन पुनःउत्थानमा पाँच–पाँच वर्ष लाग्ने गरेको छ। यस पटक हामीले छोटो अवधिमै उदाहरणीय काम गर्नुपर्छ,’ उनले भने।यस्तै, बोर्ड सदस्य तथा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) का महासचिव नरेन्द्रदेव भट्टले नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रचार गर्न विदेशस्थित नेपाली दूतावास र नेपालस्थित विदेशी नियोगहरूसँग समन्वय बढाउनुपर्नेमा जोड दिए।टान अध्यक्ष सागर पाण्डे र कैलाश टुर अपरेटर एसोसिएसनका अध्यक्ष विमल नहर्कीले कैलाश यात्रामा सहजीकरण गर्नुपर्नेमा जोड दिए।नेपाल पर्यटन बोर्डले स्थिति सामान्य भएसँगै आइतबार पनि पर्यटनसँग सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरेको थियो। उक्त छलफलका क्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विगतका विपद् तथा विभिन्न संकटका समयमा पनि नेपालको पर्यटन क्षेत्र पुनःउत्थान भएको उदाहरण दिँदै आत्मविश्वासका साथ सक्रिय बनाउन लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए।

यसैगरी बोर्डले सोमबार नेपालमा रहेका पाँचतारे र चार तारे होटलका प्रमुख, महाप्रबन्धक तथा प्रतिनिधिसँग पनि छलफल गरेको छ। छलफलका क्रममा राज्यले सहजीकरण गरिदिएको अवस्थामा होटल व्यवसायीहरू पाहुनालाई स्वागत गर्न तयार रहेको होटल व्यवसायीले बताएका छन्।यी विभिन्न छलफलका क्रममा सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र पर्यटन पुनःस्थापनाका लागि एकमत देखिएको छ। हाल सिर्जना भएका चुनौतीलाई अवसरमा बदल्ने र नेपाललाई अझ सुरक्षित, आकर्षक र सहज गन्तव्यका रूपमा स्थापित गर्न सामूहिक पहल गर्ने सहभागीले प्रतिबद्धता व्यक्त गरेका छन्।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *