Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

अन्य प्रमुख समाचार संस्कृति

संस्कृति संरक्षणमा खाँदबारीका युवा

संस्कृति संरक्षणमा  खाँदबारीका युवा

Show us Love

नेवार समुदायको सांस्कृतिक पहिचान बोकेको लाखेनाच पूर्वी नेपालका विभिन्न नेवार बस्तीहरूमा नागपञ्चमीदेखि सुरु भएको छ। सांस्कृतिक संरक्षणको उद्देश्यले यस वर्ष विशेष व्यवस्थापनसहित यो लाखे नाच परम्परा अघि बढाइएको हो।

पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको सदरमुकाम खाँदबारी लगायत चैनपुर, सिभुवा, तुम्लिङटारजस्ता मुख्य नेवार वस्तीहरूमा भीमसेन मन्दिरमा पूजा–अनुष्ठान गरी विधिवतरुपमा लाखे निकालिएको छ। नेवा देय दबु सङ्खुवासभाको संयोजनमा सुरु भएको लाखेनाच कृष्णजन्माष्टमीसम्म निरन्तर चल्नेछ ।

नेवा देय दबु सङ्खुवासभाका अध्यक्ष सीता शाक्यका अनुसार, लाखे नाचलाई मर्यादित र अनुशासित राख्न मादक पदार्थ सेवन, अनधिकृत चन्दा सङ्कलन, हुलहुज्जत जस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ । सूचीकृत समूह र संस्थामार्फत मात्र लाखे प्रस्तुत गर्न पाइने व्यवस्था गरिएको छ ।

खाँदबारी युथ क्लबका अध्यक्ष सुरेन शाक्य पनि यो अभियानमा संलग्न छन्। उहाँले भन्नुभयो, “संस्कृति जोगाउने जिम्मेवारी हामी युवाको हो। समाजलाई जोड्ने माध्यमका रूपमा हामीले यो परम्परा सम्हाल्दै आएका छौं।”

तर परम्परा जोगाउन यतिले मात्र पुग्दैन । स्थानीय युवाहरूले यस सांस्कृतिक सम्पदालाई बचाउन अग्रसरता देखाउँदै आएका छन् । खाँदबारी नगरपालिका १ का अध्यक्ष निरन्जन श्रेष्ठ त्यसैमध्ये एक हुन् । “लाखे नाच अब हराउने अवस्थामा पुगेको छ,” उहाँ भन्नुहुन्छ, “त्यसैले नयाँ पुस्तालाई सिकाउने काम सुरु गरेका छौं।”

श्रेष्ठको प्रयासमा अहिले केही युवा नियमित रूपमा प्रशिक्षण लिइरहेका छन्, उहाँले भन्नुभयो, “हामी नेवार समुदाय मात्र होइन, अन्य समुदायका युवाहरू पनि यसमा सक्रिय भएर लागिरहेका छन् ।” यो नाचसँगै सम्बन्धित रोपाइँ नाच, हलो जोत्ने र खेतमा अभिनय गर्ने परम्परा समेत हराउँदै गएको श्रेष्ठले बताउनुभयो। “पहिला लाखे निस्किँदा बजारै भरिन्थ्यो,” श्रेष्ठ सम्झनुहुन्छ, “अहिले भने पहिलेको जस्तो उत्साह देखिँदैन।”

उहाँका अनुसार, लाखेनाचबाट संकलित केही रकम सामाजिक काममा पनि लगानी गरिँदै आएको छ। मनोरञ्जनसँगै सामाजिक चेतना फैलाउने यो प्रयासले स्थानीयमा एकताको भावना बढाएको छ।धार्मिक, सांस्कृतिक र ऐतिहासिक पक्ष बोकेको लाखेनाचलाई संरक्षण गर्न स्थानीय तह, समुदाय, विद्यालय तथा सरकारी निकायहरूको समन्वय र सहकार्य अझै सशक्त रूपमा आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ। 

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *