
इलाम बजारदेखि उत्तरतिर उक्लिँदा पुगिने माइपोखरी अहिले प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताको अनुपम संगम बनेको छ। ९ वटा कुना भएको हराभरा पोखरीका किनारमा हरियो जंगल र पानीमा तैरिने कमलका फूलहरू जो कोहीलाई लोभ्याउँछन्।पोखरी वरिपरि घुम्ने गोरेटो, आसपासको चिया बगान, हिमाली वनस्पति र शीतल वातावरणले यात्रालाई अझ रोमाञ्चक बनाउँछ। माइपोखरी धार्मिक, प्राकृतिक र जैविक अध्ययनका लागि उत्तिकै आकर्षक गन्तव्य हो।