Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

अन्य

मकालु बेस क्याम्प

मकालु बेस क्याम्प

Show us Love

मकालु (८,४८५ मि.) हिमाल पूर्वी नेपालको संखुवासभा जिल्लामा पर्दछ । यो संसारकै पाँचौं अग्लो हिमाल हो । यसलाई शेर्पा भाषामा ‘मारखालोग्यू’ र ‘खेम्पालुङ’ भनिन्छ । मारखालोग्यूको अर्थ दक्षिणतिर फर्केको भन्ने हुन्छ भने खेम्पालुङको अर्थ ठूलो देवता । यही हिमालको फेदसम्म पदयात्रा गरिन्छ ।

मकालु क्षेत्र ‘मकालु–बरुण राष्ट्रिय निकुञ्ज’ मा पर्दछ । सरकारले पहाडी भूगोल मिलाएर वि.सं. २०४९ सालमा निकुञ्ज बनाएको छ । यसको क्षेत्रफल १,५०० वर्गकि.मि. छ । त्यस्तै मध्यवर्ती क्षेत्र ८३० वर्ग किमिमा फैलेको छ । निकुञ्जको उचाई ४३५ मिटरदेखि ८,४८५ मिटरसम्म छ । यसको पश्चिममा सगरमाथा राष्ट्रिय निकुञ्ज र उत्तरमा तिब्बतको चोमोलोङ्मा प्रकृति संरक्षण क्षेत्र छन् । निकुञ्ज जैविक विविधताले धनी छ । यहाँका उच्च पहाडी खर्कमा जडीबुटी पाइन्छ ।

निकुञ्ज क्षेत्रमा भोटे, राई, शेर्पा लगायत जातजातिको बसोबास छ । पर्यटकहरू तुम्लिङटार विमानस्थल (४५७ मि.) बाट नुमसम्म गाडीमा यात्रा गर्छन् र नुमबाट मकालु बेस क्याम्प (५,००० मि.) सम्म हिंड्छन् । पदयात्राबाट नुम, सेदुवा, टासीगाउँ, खोङ्मा डाँडा, दोबाटे, याङ्लेखर्क, लाङमाले हुँदै मकालु बेस क्याम्पमा बास बस्छन् । बेस क्याम्पबाट फर्कंदा तुम्लिङटार आइपुग्न चार दिन लाग्छ । पदयात्रामा सिप्टन्ला भन्ज्याङ (४,१२५ मि.) पार गर्नुपर्छ । शेर्पा बस्ती टासीगाउँ (२,१०० मि.) भन्दा माथि बस्ती छैन ।

प्राकृतिक, जैविक र सांस्कृतिक हिसाबले मात्र होइन, धार्मिक हिसाबले पनि निकुञ्ज क्षेत्रको ठूलो महŒव छ । पदमार्गको याङ्लेखर्कपारि शिवधारा छ । पारि भित्तामा शिव र पार्वती नामका छुट्टाछुट्टै गुफा छन् । शिवधारामा जनै पूर्णिमामा मेला लाग्छ । त्यस्तै अर्को धार्मिक केन्द्र हो मनकामना जुन तुम्लिङटार नजिकै अरूण नदी किनारमा छ ।

असोजदेखि मंसिरसम्म मकालु बेस क्याम्प घुम्ने उत्तम समय हो ।

कसरी पुग्नेः

काठमाडौं–खुर्कोट–धरान ४०० कि.मि., बसमा १० घण्टा लाग्छ । धरान–वसन्तपुर–खाँदबारी १८५ कि.मि., जीपमा ६ घण्टाको बाटो । अथवा काठमाडौं–तुम्लिङटार ४५ मिनेट हवाई यात्रा । तुम्लिङटारबाट नुमसम्म ४ घण्टा जीपमा । नुमबाट ८ दिन पदयात्रामा मकालु बेस क्याम्प पुगिन्छ । 

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *