Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

पालिका खबर प्रमुख समाचार

बन्दीपुरमा ‘मिनी ग्रेटवाल’

बन्दीपुरमा ‘मिनी ग्रेटवाल’

Show us Love

तनहुँ। तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण धमाधम भइरहेको छ । बन्दीपुर–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरी चुलिडाँडामा पुगेर टुंगिनेछ । यसको करिब दुई किमि दूरीको छ ।

यसमध्ये हालसम्म ८० प्रतिशत कार्य पूरा भइसकेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । निर्माण कम्पनीका कारण ढिलाइ हुन गएको उनले बताए । उनले भने, ‘आउँदो पुस महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण कम्पनीले तीव्रता दिइएको छ,अहिले दैनिक २० देखि २५ जना जनशक्ति परिचालन गरिएको छ ।’

मुकुन्देश्वरीडाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको रहेको र मिनि ग्रेटवालभित्र रहेको पदमार्गमा घोडाबाट सवार गर्ने व्यवस्था मिलाइनेछ । ‘टिकट काटेर घोडाको सवार गरिने हुँदा गाउँपालिकालाई आम्दानी हुने तथा स्थानीय युवाले पनि रोजगार पाउने गरी दोहोरो फाइदा हुने विश्वासमा मिनिग्रेटवाल निर्माण गत वर्षदेखि सुरु गरिएको हो ।
उक्त पदमार्गलाई मुकुन्देश्वरी मिनी ग्रेटवाल नामाकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । मिनी ग्रेटवाल निर्माणनौलो काम भएकोले काठमाडौं, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।

अध्यक्ष थापाका अनुसार मिनिग्रेटवालको बाँकी दूरीमा दुवैतर्फ पर्खाल लगाउने, पर्खालको दायाँबायाँ भित्तामा ढुंगा छाप्ने, दायाँबायाँ भित्तामा बत्ती जडानगर्नेलगायत कार्य भइरहेको छ,जुन आकर्षक किसिमको बनाइनेछ ।

स्थानीय युवाले पनि रोजगार पाउने गरी दोहोरो फाइदा हुने विश्वासमा मिनिग्रेटवाल निर्माण गत वर्षदेखि सुरु गरिएको हो ।

पश्चिमको धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमालदेखि पूर्वका गणेश हिमाल र लाङटाङ, हिम शृंखलाका सयौँं चुचुरा बन्दीपुरबाट देख्न सकिन्छ । प्रमुख आकर्षण दोहोरो लाइन मिलाइएका ढुंगाले छाइएका कलात्मक घर, नेवारी संस्कृति, सफा र राम्रा बाटो, थानीमाई खड्गमाई, बिन्धवासिनी मन्दिर, तीनधारा, रानीवन, फराकिलो टुँडिखेल, सहिदपार्क लगायतका बन्दीपुरको हेर्न लायक स्थान हुन् ।

मिनिग्रेटवाल निर्माणले बन्दीपुरमा आउने पर्यटकलाई थप आर्कषण हुने भएकाले पर्यटकका लागि नौलोपन हुनेछ, पर्यटक थप वृद्धि हुने अपेक्षा गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले बताए ।

तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागवेली उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृंखला, पहाड, टाकुरा हेर्न सकिन्छ ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *