Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

अन्य समाचार

९३ प्रतिशत निर्माण सकियो नागढुङ्गा सुरुङमार्ग पाँच महिना भित्रै सञ्चालनमा आउने

९३ प्रतिशत निर्माण सकियो नागढुङ्गा सुरुङमार्ग पाँच महिना भित्रै सञ्चालनमा आउने

Show us Love

काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको सुरुङमार्ग आगामी पुस–माघसम्ममा सञ्चालन ल्याउने तयारी भइरहेको छ । निर्माण कम्पनीले आगामी कात्तिक ७ गतेसम्ममा आयोजना हस्तान्तरण गर्ने लक्ष्य राखे पनि सुरुङ सञ्चालनका लागि आवश्यक तालिम, परीक्षण र सुरुङ हस्तान्तरण प्रक्रियाका लागि थप दुई–तीन महिना लाग्ने आयोजनाका निर्देशक सौजन्य नेपालले जानकारी दिए । 

कोभिड महामारी, पटक-पटक स्थानीयसँगको विवादलगायत कारण यो आयोजनाले गति लिन नसकेको आयोजनाले जनाएको छ ।

‘सुरुङ सञ्चालनका लागि तालिम सञ्चालन गर्नुपर्छ । तालिम दिनुपर्ने, ह्यान्डओभर हस्तान्तरण प्रक्रिया चाहिँ दुई–तीन महिना जस्तो त्यसलाई समय लाग्छ,’ उनले भने, ‘त्यो पब्लिकलाई कम्प्लिट्ली ओपन हुन चाहिँ, अब पुस–माघ नै लाग्न सक्ने देखिन्छ ।’हाल सुरुङभित्र जडान भएका उपकरणको परीक्षण, सडक सुरक्षा मार्किङ र अन्तिम चरणका काम भइरहेका छन् । आयोजना निर्देशक नेपालका अनुसार अधिकांश पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् । पोर्टल बाहिरको पहिरो नियन्त्रणको काम भइरहेकोमा मनसुनका कारण केही प्रभावित भएको छ । ‘सोल नेलिङ’ प्रविधिबाट भइरहेको पहिरो नियन्त्रणको काम करिब ७० प्रतिशत सकिएको र मनसुन सकिएपछि बाँकी काम सम्पन्न गरिने जनाएको छ । आयोजनाको वित्तीय प्रगति ८५ प्रतिशत रहेको छ ।

कोभिड महामारी, पटक-पटक स्थानीयसँगको विवादलगायत कारण यो आयोजनाले गति लिन नसकेको आयोजनाले जनाएको छ । यसको ठेक्का सम्झौताअनुसार सुरुको म्याद २०८० वैशाख १३ गतेसम्म म्याद रहेको थियो । तर सो अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि २०८१ वैशाख १३ गतेसम्मका लागि म्याद थप गरिएको थियो । उक्त म्यादमा पनि सम्पन्न हुन नसकेपछि पुनः २०८२ कात्तिक ८ गते (२५ अक्टोबर २०२५)  सम्मका लागि म्याद थप गरिएको थियो ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *