
गोरखा अजिरकोट–१,३२६० मिटर उचाइको नागेपोखरी पर्यटकीय आकर्षणको केन्द्र बनेको छ। ताल, बुद्ध र शिव मूर्ति, हिमालको दृश्य, र लालीगुँरासले यहाँ आउनेलाई मोहित पार्छ।भच्चेक हुँदै सराङडाँडा पुगेर करिब ५-६ घण्टा पदयात्रापछि पुगिन्छ। गाउँलेका गोठ र स्थानीय आवासमा बस्न सकिन्छ। यो गन्तव्य धार्मिक र प्राकृतिक सौन्दर्यको अनुपम मिश्रण हो।गोरखाको अजिरकोट गाउँपालिकाको पर्यटकीय क्षेत्र नागे पोखरी। जनै पूर्णिमा-नागपन्चमीमा यहा मेला लाग्ने गर्छ