Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

अन्य जातिय तथा साँस्कृतिक पहिरन प्रमुख समाचार संस्कृति

अमलटारीमा होमस्टे महासंघको राष्ट्रिय कार्यशाला तथा वार्षिक साधारण सभा हुने ।

अमलटारीमा होमस्टे महासंघको राष्ट्रिय कार्यशाला तथा वार्षिक साधारण सभा हुने ।

Show us Love

काठमाडौं। होमस्टे (घरवास) महासंघ नेपाल (HOFEN) ले होमस्टे सञ्चालन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय कार्यविधि निर्माण गर्ने उद्देश्यसहित राष्ट्रिय कार्यशाला गोष्ठी तथा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।महासंघका अनुसार उक्त कार्यक्रम २०८२ साल माघ १५ देखि १८ गतेसम्म नवलपरासी (पूर्व) को कावासोती–१५ स्थित अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे मा सम्पन्न हुनेछ। माघ १६ गते कार्यक्रमको औपचारिक उद्घाटन हुने जनाएको छ।

ग्रामीण पर्यटन, स्थानीय संस्कृति संरक्षण र समुदायआधारित अर्थतन्त्रको सशक्त माध्यमका रूपमा रहेको होमस्टे क्षेत्रलाई थप सुदृढ बनाउने दिशामा यो कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा महासंघका केन्द्रीय पदाधिकारी, सदस्यहरू, साधारण तथा विज्ञ सदस्यहरू, अनुगमन तथा सुपरिवेक्षण आयोगका संयोजक तथा सदस्यहरू तथा सल्लाहकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। गोष्ठीमार्फत राष्ट्रिय स्तरमा होमस्टे सञ्चालनलाई व्यवस्थित, मर्यादित र दीगो बनाउने विषयमा गहन छलफल गरिनेछ।महासंघका अनुसार कार्यशालामा होमस्टे नीति, व्यवस्थापन, सेवा गुणस्तर, सामुदायिक सहभागिता तथा ग्रामीण पर्यटन प्रवर्द्धनसँग सम्बन्धित विविध विषयहरूमा सरोकारवालाबीच अनुभव आदान–प्रदान गरिनेछ। यसबाट आगामी दिनमा होमस्टे क्षेत्रका लागि स्पष्ट मार्गदर्शन र साझा कार्यविधि तयार हुने विश्वास गरिएको छ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *