
गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका वडा नम्बर २ र ३ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल सिद्धकाली मन्दिर आस्थाको केन्द्रबिन्दु मानिन्छ। यसै गाउँपालिकाको वडा नम्बर ३ र ४ मा अवस्थित मुडुली थुम्कोबाट आरुघाट बजार, धादिङ जिल्ला तथा भीमसेन थापा गाउँपालिकाको अधिकांश क्षेत्रलाई एकै साथ अवलोकन गर्न सकिन्छ। धार्मिक महत्वसहित प्राकृतिक सौन्दर्य र दृश्यावलोकनको लागि यी स्थलहरू पर्यटकहरूका लागि उत्कृष्ट गन्तव्य बन्न थालेका छन्।