Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

प्रमुख समाचार

पाल्पाको लाखेनाच पोखरामा प्रदर्शन

पाल्पाको लाखेनाच पोखरामा प्रदर्शन

Show us Love

पाल्पाको ऐतिहासिक लाखेनाच पोखरामा प्रदर्शन गरिएको छ । विभिन्न वेशभूषामा सजिएका लाखे र भुच्चाको टोलीले नाच प्रदर्शन गरेको हो । पाल्पा रिब्दीकोट–४, भैरवस्थान हटियाबाट सुनील प्रधानको नेतृत्वमा ४५ जनाको लाखे टोलीले ऐतिहासिक लाखेनाच प्रदर्शन ग¥यो ।

पाल्पाली राजा मणिमुकुन्द सेनले राज्य विस्तार क्रममा काठमाडौँ आक्रमण गर्दा त्यहाँको कला संस्कृतिबाट प्रभावित भएपछि पाल्पामा विभिन्न जात्रा र नाच भित्र्याएको उल्लेख छ ।

यसअघि काठमाडौँ, चितवन, भैरहवा, बुटवल, नेपालगन्ज, दाङलगायतका सहरमा पनि लाखेनाच प्रदर्शन गरेको प्रधानले बताउनुभयो ।पाल्पाको सय वर्षको इतिहास र संस्कृति बोकेको नाच देखाएर मनोरञ्जन दिनुका साथै संस्कृति हस्तान्तरण गर्न पोखरा पुगेको सहभागीले बताएका छन् ।पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुलीले पोखरामा पाल्पाको लाखे नचाउँदा आपसमा संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताउनुभयो । लाखेनाचको टोलीलाई पाल्पाको भैरवस्थान मन्दिरको रोट, टीका, प्रसादसहित पाल्पाली परम्परागत परिकार बटुक र चुकाउनीले स्वागत गरिएको थियो । 

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *