सँस्कृती र प्रकृतिको अनुपम संगमः पिप्रहर सामुदायिक हामेस्टे (भिडियो स्टोरी)

५ भदौ काठमाडौं ।
नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा रहेको पिप्रहर सामुदायिक होमस्टे ग्रामिण रिति थिती र संस्कृतिको अध्ययन तथा अवलोकनको लागि यउटा नमुना गाउँ बनेको छ ।आन्तिरीक तथा बाह्य पर्यटकको प्रमुख गाउँ पर्यटनको गन्तब्य बन्दै आईरहेको यस पिप्रहर सामुदायिक होमस्टे बि सं २०७२ साल फागुन महिनादेखि बिधिबत रुपमा सञ्चालन मा आएको हो

पिप्रहर सामुदायिक होमस्टेमा थारु,मगर,ठकुरी तथा गुरुङ्ग समुदायका गरी कुल २२ घरमा होमस्टे (घरवास) कार्यक्रम सञ्चालन गरीयका छन् ।यस (घरवास) कार्यक्रममा यहाँ ४४ वटा कोठा र ८८ वटा बेड रहेका छन् । एकै रातमा ८८ जना सम्म पाहुना बास बस्न सक्ने गरी ब्यबस्था गरीयको छ।

साथै करीब २०० जना सम्मको सहभागिता मा कार्यक्रम गर्न मिल्ने सेमिनार हल तथा सामुहिक खाना खान मिल्ने भान्सा घरको पनि सुबिधा उपलब्ध छ ।घरवास कार्यक्रमको बिशेसता नै मौलिकपन हो ।त्यसैले यस सामुदायिक होमस्टे पर्यटकका लागि जान्न र हेर्न बिभिन्न किसिमका सांस्कृतिक तथा बिभिन्न भुगोलको दृश्यावलोकन गर्न मिल्ने एक उत्कृष्ठ गन्तब्य हो ।यहाँ पर्यटकका लागि लाठि नाच,झुम्रा नाच,घैला नाच,कौरा नाच,झर्रा नाच जस्ता परम्परागत मौलिक सांस्कृतिक प्रस्तुतिहरु देखाईन्छ । यस सामुदाईक होमस्टे नजिकै रहेको दिब्य सामुदाईक बन तथा चितवन राष्ट्रिय निकुञ्जमा गराईने जिप सफारी र यस जिप सफारीको क्रममा देखिने बिभिन्न जङ्गगलि जनावरहरुका साथै पक्षिंहरुसंग सुखद साक्षातकार गर्न पाईन्छ ।

यसले गर्दा पर्यटकको होमस्टे बसाईलाई थप रोचक र यादगार बनाउछ ।साथै यस सामुदायिक होमस्टे बाट धार्मिक शक्ति पिठ मौलाकालिकाको पनि दर्शन गर्न सकिन्छ ।
धार्मिक,सास्कृतिक,तथा जङ्गगल सफारीको त्रिकोणात्मक संगम रहेको यस होमस्टे (घरवास)मा हाल सम्म स्वदेशि तथा बिदेशी गरी करिव ८० हजार जनाले सेवा लिईसकेका छन्।यस होमस्टे (घरवास)कार्यक्रमले बिभिन्न समयमा (२०७५ /२०८०) गरी दुई पटक उत्कृष्ठ होमस्टे (घरवास)पुरस्कार पनि पाईसकेको छ ।साथै गण्डकि प्रदेश सरकारबाट २०८१ सालमा सम्मानित भएको थियो ।यस पिप्रहर सामुदायिक होमस्टे ग्रामिण रैथाने संकृति,न्यानो आतिथ्य र प्राकृतिक सुन्दरता संगै ग्रामिण पर्यटनको उत्कृष्ठ नमुनाको रुपमा स्थापित हुंदै गइरहेको छ।
