
सिरुवारी गाउँ होमस्टे नेपालको पहिलो आधिकारिक सामुदायिक होमस्टे हो, जुन स्व. क्याप्टेन रुद्रमान गुरुङको पहलमा सुरु गरिएको हो । पोखराबाट ४ घण्टाको जीप यात्रा र थोरै पैदल हिँडाइपछि पुगिने सिरुवारीमा गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र गाउँजीवनको अनुभव लिन सकिन्छ ।पाटा गोल्ड अवार्ड २००१ बाट सम्मानित यस होमस्टेमा हिमालय दृश्य, थुम्रो डाँडो, गोम्पा, घरायसी पाहुना सत्कार, गुरुङ नाचगान, स्थानीय परिकार जस्ता आकर्षण पाइन्छन् ।