वनफूलले ढकमक्क चौंरी खर्क
रुकुमपूर्व । रुकुमपूर्वको उच्च पहाडी भेगमा अवस्थित चौंरी खर्क अचेल प्राकृतिक स्वर्ग जस्तै देखिन्छ । समुद्री सतहबाट ४ हजार मिटर उचाइमा रहेको चौंरी खर्कमा रंगीन बुकीफूलहरू फुलेका छन् । घाम लागेको दिन उत्तरतिर पुथा, धौलासिरी, चुरेन, सिस्ने लगायतका हिमालहरू आँखै अगाडि देख्न पाइन्छ