Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

उप प्रमुख जीवनशैली संस्कृति

रैब पर्वमा रम्दैः थारू समुदाय

रैब पर्वमा रम्दैः थारू समुदाय

Show us Love

पर्व हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन/रैब पर्व वा बडका अटवारीका रुपमा मनाउने गरिन्छ ।१ भदौ, काठमाडौं। पूर्वी नेपालका थारू समुदायले आज रैब पर्व मनाउँदै छन् । पश्चिम नेपालका थारू समुदायले भने यसलाई ‘बड्का अट्वारी’को रुपमा मनाउँछन् ।

यो पर्व हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन/रैब पर्व वा बडका अटवारीका रुपमा मनाउने गरिन्छ । यसवर्ष बडका अट्वारी भने भदौ ८ गते परेको छ ।

आजको दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफूल आदि खाने गरिन्छ । यसपर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कूल देवता रिसाउने मान्यता जनविश्वास छ ।आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारू संस्कृतिविद् भुलाइ चौधरी बताउँछन् ।

उनी भन्छन्,’थारूहरू प्रकृतिका पूजारी हुन् । त्‍यसकारण प्रकृतिमा पाइने फलफूल, दूध, दही खानुपर्छ। सूर्य प्रकृतिमा सबैमा ठूलो शक्तिको स्रोत हो। यसको प्रकाशले रोग, व्याधि सबै नाश हुने भएकाले यसको उपासना गर्दै आएका छौं।’साथै खेती किसानी गर्दा किरा फट्याङ्गाको मारिएकोप्रति क्षमायाचना गर्दै एक दिन नुन बार्ने र प्रकृतिमा रहेका सबै जीवप्रति समान भाव दर्साउन  रैब पर्व गरेन थालिएको उनको भनाइ छ ।

यो पर्वमा थारूहरूले बिहानै नजिकैको तलाउ, पोखरी वा खोलामा स्नान गरी प्रकृति र कूल देवतालाई परिकारहरु विधिवत चढाउँदै प्रसादको रुपमा खाने गर्दछन् ।यसैगरी धार्मिक मान्यता अनुसार बाल-बच्चालाई सुस्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य उत्पादनमा वृद्धिको लागि समयमा वर्षा होस्, बाली-नालीमा रोग-व्याधि नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाउने चलन रहँदै आएको छ ।साभार ःअनलाईनखवर डट कम

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *