Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

विचार

काठमाडौंको वरपर विश्वकै उत्कृष्ट साइकल ट्रेल बन्न सक्छ

काठमाडौंको वरपर विश्वकै उत्कृष्ट साइकल ट्रेल बन्न सक्छ

Show us Love

‘अक्सफोर्ड जाँदा मैले कार चढ्ने सपना देखेको थिएँ, त्यहाँ त प्राध्यापक, विद्यार्थी, अनुसन्धाता सबैले साइकल चलाएको देखें। त्यसपछि मेरो धारणा नै परिवर्तन भयो।’

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तारालाल श्रेष्ठको नयाँ पुस्तक साइकल सौन्दर्य हालै बजारमा आएको छ। नेपालमा साइकलको अवस्था, साइकलको अर्थ-राजनीति र साइकलसँग जोडिएका विविध आयामलाई पुस्तकमा उतारेका छन्।

साइकल अभियन्ता श्रेष्ठका यसअघि चार पुस्तक प्रकाशित छन्। उनका शक्ति, स्रष्टा, सबाल्टर्न, सपनाको समाधि, बल्झिरहेको अतीत, अल्झिरहेको वर्तमान  बन्दीपुरदेखि बन्दीपुरसम्मले पनि चर्चा बटुलेका थिए।

नयाँ पुस्तक साइकल सौन्दर्यमा श्रेष्ठले साइकलमैत्री गाउँ, शहर बनाउन किन आवश्यक छ भन्ने तर्क पेश गरेका छन्। यही पुस्तकमा केन्द्रित रहेर हिमालखबरको प्रस्तुति किताबका कुरामा लेखक श्रेष्ठसँग उर्मिला गम्वा थारूले गरेको कुराकानी :


भर्खरै साइकल सौन्दर्य पुस्तक बजारमा आएको छ। पाठकबाट कस्तो प्रतिक्रिया पाइराख्नुभएको छ?

पहिला त यो किताब विमोचनका लागि वक्ता बनाउन धेरै मान्छे खोजें, तर पाइनँ। प्रह्लाद योञ्जन जस्तो मान्छे हुनुपर्थ्यो। उहाँ दुर्घटनामा बित्नुभयो, अर्को त्यस्तो मान्छे भेटिएन। साइकलबारे गतिलो अनुसन्धान गरेको मान्छे पाइएन। 

मेरा आफ्ना पाठक त छँदै छन्, जुन पाठक मेरो किताब पढ्छन् भन्ने कल्पनै गरेको थिइनँ, उनीहरूले यो किताब पढेको पाएँ। कतिपयले यो किताब पढेपछि ‘साइकल किनेर चलाउँछु, सल्लाह दिनुस्’ भनिरहेका छन्। यसले साइकलप्रतिको विश्वास, धारणा बदलिने आश गरेको छु।

साइकलसँग त लामो समयदेखि संगत गरिराख्नुभएकै छ। विश्वविद्यालयमा पढाइरहेको मान्छे साइकलबारे लेख्न चाहिं कसरी आकर्षित हुनुभयो?

यस्तै प्रश्न अरूले पनि गरिरहेका छन्। विश्वविद्यालयमा पढाउने मान्छेले कस्तो खालको किताब लेखेको भन्छन्। फरक खालको किताब भएकाले उत्सुकता पनि छ।अर्कातिर, साइकल अभियानमा संलग्न साथीहरू एकदमै उत्साहित छन्। 

किताबमा मैले आफ्नै बारे अनुसन्धान गरेको छु। त्यसलाई ‘मिसर्च’ भनिन्छ। अर्थात्, आफैंलाई खोज्नु। शिक्षकका रूपमा म को हुँ, प्राध्यापकका रूपमा म को हुँ? अंग्रेजी साहित्य पढाउँछु। यो म के काम गर्दै छु? यी सबै कुरा निजत्व मिश्रित अनुभूतिमा लेखिएका छन्।

taralal shresth_3.jpg

यस किताबमा एक हजार त सन्दर्भ सामग्री नै छन्। यस हिसाबले यो पूरै अनुसन्धानात्मक कृति हो। यो अनुसन्धानात्मक छ, आख्यान जस्तो पनि छ। खासमा यस्तो खालको किताब लेखाइको विधिलाई ‘अटोइथ्नोग्राफिक’ भनिन्छ। अनुसन्धानमा आधारित कृति पढ्दा दिक्क नलागोस् भनेर साहित्यिक विधि अपनाइनु ‘अटोइथ्नोग्राफिक’ हो।

पुस्तकमा मेरो कुरा त आउँछ नै, बाल्यकालको अवधि नजोड्दा पनि १०-१५ वर्षदेखि साइकल चलाइरहेको, चार-पाँच वर्षदेखि साइकल अभियानमा संलग्न छु। त्यसैले मैले देखेको साइकल समुदाय, नेपालको साइकल इतिहास, वर्तमान र भविष्यका कुरा पनि छन्।

पुस्तकमा म पनि देखिन्छु, तर धेरैजसो प्रसंग अरू पात्रका छन्। आमसाइकल समुदायको कथा बढी छ। म चाहिं समुद्रको एउटा थोपा जस्तो प्रस्तुत हुन्छु।

यो कथैकथाको संग्रह हो, त्यो पनि सत्य कथाको। अझ प्रकृतिमैत्री संस्कृति र सहअस्तित्व जोडिएको कथा हो। पढ्दा हतपत अल्छी लाग्दैन। 

यसरी प्रस्तुत गर्नुको कारण के हो? 

सन् १९८० सम्म पनि अनुसन्धान ‘पूरै वस्तुगत हुनुपर्छ, आफू त्यसमा हुनु हुँदैन, अरूको कुरा मात्र गर्नुपर्छ’ भन्ने मान्यता थियो। अलि पछि ‘सबाल्टर्न’ अध्ययन हुन थाल्यो। उनीहरूको त ‘अब्जेक्टिभ हिस्ट्री’ नै हुँदैन, ‘सब्जेक्टिभ’ हुन्छ। निजत्व अनुभव, भोगाइ पनि लिखित महाआख्यानहरूमा हुँदैन। उनीहरू आफ्नो कथा आफ्नै लय र भाषिक लवजमा भन्छन्।

निजत्व वर्णन अनुसार ल्याइएन भने त ती कथा कहिल्यै आख्यानमा अटाउँदैनन्, मानकभित्र पस्दैनन्। त्यही भएर पछिल्लो चरणमा अनुसन्धानभित्र पनि मेरो र हाम्रो कुरा खोज्ने र ल्याउने अर्थमा ‘मिसर्च’ र ‘वी सर्च’ मा जोड दिइन्छ। 

यसमा इतिहास पनि देख्न सकिन्छ। प्रशस्त तथ्य, तथ्यांक देख्न सकिन्छ। यसलाई अझै धनी बनाउन व्यक्तिगत कथा-व्यथा मिसाउनुपर्छ। अनि बल्ल राम्रो कथा बन्न सक्छ भन्‍ने बहस भइरहेको छ। यसलाई ‘रिसर्च’ मान्ने कि नमान्ने भन्ने बहस पनि चलिरहेको छ।

व्यक्तिगत कथालाई ठाउँ दिएन भने त हाम्रो साहित्य नै सानो हुनेछ। साइकलको कथा यसरी अहिलेसम्म नेपाली साहित्यमा लेखिएको थिएन। फुटकर र टुक्राटुक्री मात्र लेखिएको पाइन्छ।

taralal shresth_1.jpg
साइकल यात्राका क्रममा गत जेठमा मुस्ताङको लुब्रा उपत्यका क्षेत्रमा तारालाल श्रेष्ठ। 

यो त साइकल सौन्दर्य लेखनको पृष्ठभूमि भयो। साइकलसँग कसरी जोडिनुभयो?

म हेटौंडामा जन्मेको मान्छे। त्यस वेला वरपरको माहोल साइकलमय थियो। सानो छँदा आफन्तको साइकल मागेर कुदाउँथें। पछि ५० पैसादेखि एक रुपैयाँसम्म भाडामा साइकल लिएर कुदाउँथ्यौं। 

स्कूलदेखि कलेज, विश्वविद्यालय पुग्दा साइकलप्रतिको दृष्टि नै फरक पाएँ। साइकल चलाउनेलाई तल्लो स्तरको मानिन्थ्यो। 

गाउँ छोडेर शहर पस्दा अलि सुकिलोमुकिलो हुँदा साइकल चढ्नु हुँदैन भन्ने संस्कारको शिकार म पनि भएँ। साइकल चलाउन छोडें। कार चलाउने सपना बोकेर हिंडें। कार चलाएँ। साइकल र मेरो सम्बन्ध टुट्यो। आममान्छेको पनि यस्तै कथा होला। 

२०७५ सालमा अक्सफोर्ड विश्वविद्यालय पुगें। त्यहाँ त रातदिन सबै प्राध्यापक, विद्यार्थी, अनुसन्धाता साइकल लिएर हिंड्दा रहेछन्। हाम्रो जस्तो मौसम पनि हैन, चिसो हो। तैपनि मान्छेहरू साइकल चलाएर हिंडेका छन्। हिउँमा पनि साइकल कुदाएका छन्।

म टाईसुट लगाएर कार सपना देखिरहेको थिएँ। म मात्र होइन, नेपालमा त ठूलो मान्छे भनिनेहरू कारको सपना देख्छन्। यूरोपमा त साइकल चलाएको देखें। त्यसपछि मेरो धारणा नै परिवर्तन भयो। नेपाल फर्किएपछि साइकल चलाउन थालें, शारीरिक व्यायामका लागि। पाँच वर्ष त साइकल चलाएको कसैलाई थाहै दिइनँ। पछि त बानी बस्यो, जता गए नि साइकलमै जान थालें। 

साइकल त थरीथरी छन्, महँगो र सस्तो। साइकललाई वर्गसँग पनि जोड्ने गरिन्छ। तपाईं यसलाई कसरी हेर्नुहुन्छ? 

साइकल ‘होमोजिनियस’ होइन, ‘हेटेरोजिनियस’ हो। यो बहुआयामिक हो। धेरै प्रकारका साइकल छन्। साइकल आविष्कार भएको २०० वर्षभन्दा बढी भयो। कार-जहाज त पछि आएका हुन्।

साइकल संस्कृति मात्र होइन, सभ्यता नै भइसकेको छ। साइकलको २३ वटा विधामा त खेल मात्र हुन्छ। पूरै पारिस्थितिक प्रणाली यसैभित्र छ। अर्बपति पनि छन्, एक छाक खाने पनि साइकल चलाउँछन्। साइकल चलाएरै परिवार पाल्ने पनि छन्। 

उच्च पहाडी क्षेत्रमा साइक्लिङ प्रतिस्पर्धा हुन्छ, अन्यत्र पनि हुने गर्छ। नेपालमा हुने प्रतिस्पर्धामा आउने धेरै वर्गका छन्। जुनसुकै वर्ग भए पनि साइक्लिङ गर्ने मान्छेको व्यवहार भिन्न हुन्छ। 

अनि साइकल सम्बन्धी किताब नै लेख्ने योजना कसरी बन्यो? 

अक्सफोर्डबाट फर्केपछि पार्टीमा जाँदा पनि साइकल लिएर जान थालें। यो त मेरो रुचिको विषय रहेछ भन्ने लाग्यो। अनि विश्वमा साइकल साहित्य कस्तो कस्तो छ भनेर खोज्ने थालें। खोज्दै जाँदा साइकल साहित्य धेरै धनी रहेछ भन्ने थाहा पाएँ। 

साइकल त हरेक कुरासँग जोडिएको छ। इन्जिनीयरिङ, स्वास्थ्य, वातावरण, संस्कृति, साहित्य, कला, पर्यटन, सिटी प्लानिङ र सरकारसँग जोडिएको छ। अझ विकाससँग जोडिएको छ।

साइकलसँग गतिशीलता हुन्छ। साइकल यात्रा त ध्यान गर्नु जस्तो रहेछ। यसले चिन्तन-अध्ययनलाई पनि सहयोग गर्ने रहेछ। त्यसपछि मैले साइकल सम्बन्धी लेखहरू लेख्न थालें। पछि किताब नै लेखूँ भन्ने सोच बनाएँ। सामग्री खोज्दै गएँ र ६ वर्षमा यो किताब तयार पारें। 

taralal shresth (3).JPG

पुस्तकको नाम साइकल सौन्दर्य राख्नुभएको छ। साइकललाई किन सौन्दर्यसँग जोड्नुभयो? 

म अंग्रेजी साहित्य पढाउँछु। नेपाली साहित्य लेख्छु। म साहित्यको मान्छे भएकाले इन्जिनीयरिङसँग जोड्न भएन। जे जति तथ्य र सामग्री भेट्छु, तिनलाई साहित्यसँग जोड्छु। 

अर्को, साइकलको कुरामा आममान्छेले वास्तै गर्दैनन्। साइकलमा धेरै कुरा छ, धेरै मीठा चिज छन्। साइकलपछि अरू धेरै कुरा आविष्कार भए, तैपनि यसको माग विश्वमा उत्तिकै छ, झन् झन् बढिरहेको छ। अहिले पनि विश्वका कुनाकाप्चामा एक अर्बभन्दा बढी साइकल कुदिरहेको अनुमान छ। 

यति ठूलो चिजबारे मान्छेले बुझेका छैनन्। यो महसूस गराउन पनि मैले साहित्यमा ढालें। सौन्दर्य भन्ने बित्तिकै मान्छेलाई छुन्छ। यसलाई कोरा अनुसन्धानात्मक मात्र बनाएको भए, तथ्य-तथ्यांक राखेर लेखेको भए, साइकलको कुरा त आउँथ्यो, तर मान्छेको मनलाई छुँदैनथ्यो। त्यही महसूस गराउन सौन्दर्य साहित्यसँग जोडेको हुँ। 

अन्तिममा काठमाडौंको कुरा गरौं। काठमाडौंं साइकल सिटी बन्न सक्छ कि सक्दैन, तपाईंको बुझाइ के छ?

मैले ‘साइकल सौन्दर्य’ को अन्तिमा पाठमा काठमाडौंबारे लेखेको छु। यो शहर कस्तो छ भने प्रकृतिले एसी फिट गरिदिएको छ। मान्छे एक चोटि आइसकेपछि फेरि गाउँ नफर्किने सोच बनाउँछन्। किनकि काठमाडौंको भूगोल-प्रकृति नै राम्रो छ। विश्वभरिका मान्छे आउँछन्।

साइक्लिङको दृष्टिकोणबाट हेर्दा विश्वमा काठमाडौं जस्तो उपयुक्त शहर कहीं पनि छैन। भूगोलले गर्दा काठमाडौं वरपर सुन्दर साइकल ट्रेल बन्न सक्छ। साइकलबाटै आनन्द लिन सकिन्छ। त्यो हामीले गर्न भ्याएका छैनौं। भर्खर त साइकल चेत आइरहेको छ। काठमाडौं कुनै पनि हालतमा साइकल शहर बन्नुपर्छ, बन्नेछ। 

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *