Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

समाचार

प्रदेशको बजेट, पूर्वाधार र प्रचारमा पर्यटन

प्रदेशको बजेट, पूर्वाधार र प्रचारमा पर्यटन

Show us Love

– विदुर पोख्रल

सातवटै प्रदेशले पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधार भन्दै नारा र आकर्षक कार्यक्रम सहितको बजेट ल्याएका छन् । कोशीको ‘पर्यटन वर्ष’को नारादेखि ‘कर्णाली नेपालीको गन्तव्य’ बन्ने महत्त्वाकाङ्क्षी योजनाहरू प्रदेशले ल्याएको देखिन्छ । 

कोशी प्रदेश : ‘पर्यटन वर्ष’ र पूर्वाधारमा जोड

कोशी प्रदेशले आर्थिक वर्ष २०८२/०८३ लाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ का रूपमा मनाउने घोषणा गरेको छ । ‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने  नाराका साथ यो अभियान सञ्चालन बजेट विनियोजन गरेको देखिन्छ । प्रदेशले बराहक्षेत्र, हलेसी, पाथीभराजस्ता धार्मिक गन्तव्यदेखि महागुरु फाल्गुनन्दको जन्मस्थल र खुवालुङसम्मका क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास गर्न बजेट छुट्याएको छ ।  कोशीले फाल्गुनन्द र मुन्धुम जस्ता पदमार्ग विकासका बजेट छुट्याएको छ । 

मधेसमा धार्मिक र सांस्कृतिक पर्यटन

मधेस प्रदेशले आफ्नो मिथिला संस्कृति र धार्मिक सम्पदालाई पर्यटनको मुख्य आकर्षण बनाउने नीति लिएको छ । ‘भिजिट मधेस’को नारा ल्याएको मधेसले जनकपुरधामको सौन्दर्यीकरणमा विशेष जोड दिएको छ । मधेस प्रदेशले ल्याएको बजेटमा ढल्केवर–जटही र जिरोमाइल–भिठ्ठामोड सडक खण्डमा मिथिला कलाले सजिएका पर्खाल निर्माण गरिने समेत उल्लेख छ । 

यस्तै प्रदेशले माता जानकीको विवाहस्थल जनकपुरलाई ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विवाह केन्द्र’का रूपमा विकास गर्ने कार्यक्रम ल्याएको छ । महोत्तरीमा ‘मधेस संस्कृति ग्राम’निर्माण जस्ता कार्यक्रमलाई प्रदेशले सांस्कृतिक पर्यटन भनी जोड दिएको छ । 

बागमती प्रदेशमा साहसिक पर्यटन र डिजिटल प्रवर्द्धन

बागमती प्रदेशले साहसिक पर्यटन र डिजिटल मार्केटिङलाई आफ्नो पर्यटनको मुख्य कार्यक्रम राखेको छ । सिन्धुपाल्चोकको हेलम्बु ग्रेट ट्रेल, नुवाकोटको किस्पाङ र दोलखाको शैलुङ मिनी ग्रेटवालमा आकर्षक पार्क निर्माणका प्रदेशले बजेट छुट्याएको छ । प्रदेशको ‘एडभेन्चर टुरिजम फेस्टिभल’ आयोजना गर्ने र र्‍याफ्टिङ गाइड उत्पादनमा लगानी गर्ने कार्यक्रम रहेको छ । 

पर्यटन प्रवर्द्धनको गर्न ‘बागमती पर्यटन डिजिटल अभियान’ सञ्चालन गरिनेछ, जसमा चर्चित भ्लगर र कन्टेन्ट क्रिएटरहरूलाई परिचालन गरी पर्यटकीय स्थलको विश्वव्यापी प्रचार गरिने उल्लेख छ । यस्तै विपद्ले असर गरेका ठाउँलाई ‘विपद् पर्यटन’को गन्तव्यका रूपमा विकास गर्ने पनि बजेट कार्यक्रममा रहेको छ । 

नारै नाराको गण्डकीको पर्यटन बजेट 

पर्यटनको राजधानी मानिने गण्डकी प्रदेशले बजेटमा  पर्यटन क्षेत्रको नारै नारा हालेको छ । ‘राउन्ड फेवा भ्यु फेवा’ मुस्ताङ, बन्दीपुर र पोखरामा ‘लेक टु लेक’ साइक्लिङ मार्ग निर्माण जस्ता नयाँ कार्यक्रम प्रदेशको बजेटमा आएको छ । गण्डकीमा ‘प्रदेशको उत्पादनः प्रदेशको पहिचान’ नारासहित कोसेली घर स्थापना, ‘पहिले घरदेश अनि परदेश’ अभियानमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने योजना राखेको छ । 

यस्तै ‘गण्डकको खास, बसौं घरबास’ नाराका साथ होमस्टे कार्यक्रमलाई प्रभावकारी बनाउने योजनाहरू बजेटमा रहेका छन् ।

बुद्धको जन्मस्थल टेकाउने लुम्बिनीको बजेट 

लुम्बिनी प्रदेशले बुद्ध जन्मस्थललाई केन्द्रमा राख्दै धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको त्रिवेणी निर्माण गर्ने लक्ष्य राखेको छ । ‘लुम्बिनीमा पाइला टेक’ भन्ने नारा सार्दै यो प्रदेशले ‘लुम्बिनी बौद्ध अन्तर्राष्ट्रिय शिखर सम्मेलन’ आयोजना गर्ने घोषणा गरेको छ । लुम्बिनीले ‘तराईमा रमाउने, पहाडमा घुमाउने र हिमाल चढाउने’ भन्ने नाराका साथ तराई, पहाड र हिमालका पर्यटकीय क्षेत्रलाई जोड्ने एकीकृत कार्यक्रम सञ्चालन गर्ने महत्त्वाकाङ्क्षी योजना बजेटमा राखेको छ । यस्तै स्वर्गद्वारी, रेसुङ्गा, रानी महलजस्ता गन्तव्यको विकाससँगै रुकुमकोटलाई हिमालयन पर्यटनको प्रस्थान विन्दु लुम्बिनीको बजेटमा रहेको छ । 

‘गन्तव्य कर्णाली’ मा खर्च बढाउने योजना 

भौगोलिक रूपमा विकट रहेको कर्णाली प्रदेशले ‘संसारको गन्तव्य नेपालः नेपालको गन्तव्य कर्णाली’ भन्ने नारासहित पर्यटन बजेट ल्याएको छ ।  कर्णालीमा प्रदेशको बजेटले पर्यटकको बसाइ अवधि र खर्च बढाउने कुरामा जोड दिएको छ । 

रारा, काँक्रेविहार, कुपिण्डे दह र स्यार्पु तालको गुरुयोजना कार्यान्वयनका बजेट विनियोजन गरेको छ । साहसिक पर्यटन अगाडी बढाउने भन्दै  बन्जीजम्प, अफरोड र्‍याली र हनी हन्टिङजस्ता कार्यक्रमहरू बजेटमा आएको छ । यस्तै कर्णालीले ‘गन्तव्य कर्णाली एप’ र ‘पर्यटक गाइड बुक’ तयार गर्ने जनाएको छ ।

सुदूरपश्चिमको पर्यटन ‘थारु गाउँदेखि बडिमालिकासम्म’

सुदूरपश्चिम प्रदेशले आफ्नो बजेटमा  पर्यटन विकासको  धार्मिक पर्यटन र ग्रामीण जीवनशैलीलाई प्राथमिकता दिएको छ ।  

प्रदेशको बजेटमा खप्तड र बडिमालिकाको विकासमा विशेष जोड दिएको छ । खप्तड, बडिमालिका, मालिकार्जुनजस्ता स्थानमा केबुलकार निर्माणको सम्भाव्यता अध्ययन गरिने पनि बजेटमा आएको छ । 

‘पर्यटन पूर्वाधार समृद्धिको आधार’ नारा सहितको ‘बाँकाबीर पर्यटन प्रवर्द्धन कार्यक्रम’ मार्फत प्रदेशका ऐतिहासिक र धार्मिक स्थलको संरक्षण गरिने बजेटमा उल्लेख छ । थारु संस्कृतिको प्रवर्द्धन गर्ने भन्दै ‘थारु मरुवा (गाउँ)’ निर्माण गरिने पनि प्रदेशेको बजेटमा आएको छ ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *