
फिल्म ‘ऊनको स्वीटर’ को लागि निर्माण गरिएको घर अहिले इलामको राँकेमा पर्यटकको लोकप्रिय गन्तव्य बनेको छ। निर्देशक नवीन चौहानले १० रोपनी जमिन किनेरे बनाएको काठ र माटोको घर हेर्न दैनिक सयौं दर्शक पुग्ने गरेका छन्।स्थानीयहरू भन्छन्, घरकै कारण गाउँको पर्यटन र होमस्टे व्यवसाय बढ्दै गएको छ। निर्देशकले घरलाई सिर्जनात्मक कार्यको थलो बनाउने योजना समेत बनाएका छन्।