
लमजुङ । लमजुङको क्व्होलासोथर गाउँपालिका–४ स्थित पर्यटकीय भुजुङ गाउँमा रहेको परम्परागत घुमाउने घर । पछिल्लो समयमा हराउँदै गएका घुमाउने घर पर्यटकको रोजाइमा पर्ने गरेको छ । गण्डकी प्रदेशमा परम्परागत रुपमा यस्ता घरहरु निकै प्रचलनमा रहेका थिए । हाल केही घरहरु सामुहिक पहलमा संरक्षण भएपनी लोप हुने अवस्थामा रहेका छन् । हिजोआज यस्ता घरहरु पर्यटकको आकर्षणको केन्द्र रहदै आएका छन् ।