Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

अन्य

वनफूलले ढकमक्क चौंरी खर्क

वनफूलले ढकमक्क चौंरी खर्क

Show us Love

रुकुमपूर्व । रुकुमपूर्वको उच्च पहाडी भेगमा अवस्थित चौंरी खर्क अचेल प्राकृतिक स्वर्ग जस्तै देखिन्छ । समुद्री सतहबाट ४ हजार मिटर उचाइमा रहेको चौंरी खर्कमा रंगीन बुकीफूलहरू फुलेका छन् ।

घाम लागेको दिन उत्तरतिर पुथा, धौलासिरी, चुरेन, सिस्ने लगायतका हिमालहरू आँखै अगाडि देख्न पाइन्छ । बेसीमा नागबेली चालमा बग्ने उत्तरगंगा नदी, निसेलधोर र नेपथ्यमा ढोरपाटन भ्यालीले मोहनी लगाउँछ।

हरियालीमाथि छरिएका रंगीन बुकीफूलहरू र ती फूलहरूबीच चरिरहेका गाईगोरु, भेडाबाख्रा, घोडाहरूको  दृश्य औधी मनमोहक छ ।  हप्ता दिनको यात्रा गरेर गाउँबाट उकालो चढेका गाईहरू अहिले चौंरी खर्कको चिसो हावामा रमाइरहेका छन् । कहिले गोरेटो पछ्याउँदै, कहिले कुहिरोमा हराउँदै-हराउँदै ।

हिउँदमा हिउँले ढाकिने यी डाँडाहरू अहिले खुला छन् । हरियो बुट्यान, चरनयोग्य खुला मैदान र किसानका पाइला मिलेर बनेको चौरीखर्कले जीवन भरेको छ।

यो ठाउँ कसरी पुग्ने ?

रुकुम पूर्व र बागलुङको सिमास्थल पाथीहाल्नेस्थित मध्यपहाडी लोकमार्ग देखि करिब ३ घण्टाको पैदल यात्रा गरी सजिलै पुग्न सकिन्छ।

 

 

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *