Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

पालिका खबर

विराटनगरका  नव निर्वाचित पदाधिकारीहरूलाई मोरङ चेम्बर अफ कमर्सद्वारा स्वागत तथा सम्मान  

विराटनगरका  नव निर्वाचित पदाधिकारीहरूलाई मोरङ चेम्बर अफ कमर्सद्वारा स्वागत तथा सम्मान  

Show us Love

विराटनगर । मोरङ चेम्बर अफ कमर्सले उद्योग संगठन मोरङ विराटनगरका नव निर्वाचित पदाधिकारीहरूलाई एक विशेष समारोहका बीच स्वागत तथा सम्मान गरेको छ।

उक्त कार्यक्रममा नव निर्वाचित अध्यक्ष नन्दकिशोर राठी, प्रथम उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू सुरेन्द्र गोल्छा र विपिन कावरा, कोषाध्यक्ष पारस लुनिया तथा अन्य कार्यसमिति सदस्यहरूलाई सम्मान गरियो।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष सुरेश कुमार श्रेष्ठले दुबै संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै साझा उद्देश्यका लागि हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले “संगठित संस्थाहरूबीचको सहकार्यले मात्र व्यवसायिक समस्या समाधान सम्भव हुन्छ,” भन्ने धारणा राख्नुभयो।

मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष यादव पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरेलले नव निर्वाचित टोलीलाई बधाई दिँदै व्यवसायी तथा उद्योगीको हक–हितको संरक्षणका लागि एकतामा रहनुपर्नेमा जोड दिनुभयो। साथै, उहाँले देशको आर्थिक सुधारका लागि राज्यले स्पष्ट भूमिका खेल्नुपर्ने उल्लेख गर्दै सरकारको उत्तरदायित्वबारे टिप्पणी गर्नुभयो। 

विशिष्ट अतिथि तथा नव निर्वाचित अध्यक्ष नन्दकिशोर राठीले सम्मान ग्रहण गर्दै मोरङ चेम्बर र उद्योग संगठनको स्थापना उद्देश्य एउटै रहेको उल्लेख गर्नुभयो। उहाँले सहकार्यकै माध्यमबाट जटिल समस्याहरू समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै समन्वयमा काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।

कार्यक्रममा कोशी प्रदेश चेम्बर अफ कमर्सका सचिव रामअवतार अग्रवाल, मोरङ चेम्बर अफ कमर्सका पदाधिकारीहरू मनोज कुमार मिश्र, हरि बहादुर श्रेष्ठ, तुलसीप्रसाद पोखरेल, विजय सुराना, दुर्गामणि रेग्मी, सञ्जिव श्रेष्ठ, श्रीमती अञ्जली देवी श्रेष्ठ, सीता लामिछाने, रेखा पराजुली, साथै सल्लाहकारहरू वरिष्ठ अधिवक्ता भरत थापा, वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठ, फूलकुमार लालवानी, कृषि सल्लाहकार सुमन भगत, प्रेस सल्लाहकार पत्रकार भोजराज घिमिरेलगायतको उपस्थिति थियो।

समारोहको सञ्चालन मोरङ चेम्बर अफ कमर्सका महासचिव कृष्णप्रसाद दाहालले गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष शिवप्रसाद रिजालले समापन मन्तव्य दिँदै नव निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *