Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

अन्य प्रमुख समाचार

घोरेपानी पूनहिलको अद्भुत पदयात्रा“जहाँ सूर्योदयले हिमाललाई सुनमा बदल्छ”

घोरेपानी पूनहिलको अद्भुत पदयात्रा“जहाँ सूर्योदयले हिमाललाई सुनमा बदल्छ”

Show us Love

नेपालका पदमार्गहरू संसारकै आकर्षक ट्रेकिङ गन्तव्यहरू मानिन्छन्। तीमध्ये सबैभन्दा छोटो, सहज र रोमाञ्चक यात्रामध्ये घोरेपानी–पूनहिल पदयात्रा विशेष लोकप्रिय छ।
केवल ४ देखि ५ दिनको यात्रामा नै यात्रुले अन्नपूर्ण र धौलागिरि हिमशृंखलाको सौन्दर्य, गुरुङ–मगर संस्कृति र हरियो वनको सुगन्ध एकसाथ अनुभव गर्न सक्छन्।यो पदयात्रा हिमालको काखमा बस्ने गाउँहरूबाट सुरु हुन्छ र पदयात्रा पोखरादेखि करिब एक घण्टा टाढा नयापुलबाट सुरु हुन्छ। पोखरा आफैंमा सुन्दर ताल र पहाडको शहर हो, र नयापुलबाट यात्रा आरम्भ गर्दा यात्रुहरू धानका खेत, झरनाहरू र खोला पार गर्दै टिकेढुङ्गा पुग्छन्।त्यहाँबाट पैदल यात्रा क्रमशः उकाली लाग्दै घोरेपानी (२८६० मि) पुग्छ, जुन पूनहिलको आधार क्षेत्र हो।

Natural landscape of snowcapped hill range with cloudy blue sky- Nepal


पूनहिल — जहाँ बिहानको पहिलो किरणले हिमाल झल्किन्छ घोरेपानीमा रात बिताएपछि, भोलिपल्ट बिहानै यात्रुहरू एक घण्टाको उकालो चढाइ गर्दै पूनहिल (३२१० मि) पुग्छन्।त्यहाँबाट देखिने दृश्य नै यो यात्राको आत्मा हो —पूर्वबाट उदाउँदै गरेको सुनौलो सूर्य, र त्यसको उज्यालोमा चम्किरहेका धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी र हिउँचुलीका हिमालहरू।त्यो क्षणमा पूनहिलको सम्पूर्ण वातावरण सुनमा बदलिएको जस्तो लाग्छ।

घोरेपानी–पूनहिल यात्रा केवल एक ट्रेक होइन,यो नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाको खुला किताब हो।हरेक पाइला नयाँ दृश्य, नयाँ अनुभव र नयाँ प्रेरणाले भरिएको हुन्छ। अन्त्यमा जब यात्रुहरू पूनहिलमा उभिएर सूर्योदय हेर्छन्, तब लाग्छ —“नेपाल साँच्चै स्वर्ग हो, केवल देख्न जाने आँखा चाहिन्छ।”

लालीगुराँसको वन र गुरुङ–मगर संस्कृतिको सुगन्ध तथा वसन्त ऋतुमा यो पदमार्ग लालीगुराँसले रातो र गुलियो रंगमा ढाकिएको हुन्छ। घोरेपानी वरपरका वनहरू, हरियो खोँच र टाढाबाट सुनिने गाउँघरका आवाजहरूले यात्रालाई जीवन्त बनाउँछन्।फर्कने क्रममा यात्रुहरू घान्द्रुक गाउँ पुग्छन् — गुरुङ समुदायको बसोबास रहेको यो गाउँ आफैंमा खुला संग्रहालय जस्तो छ।ढुंगाका घर, टपरी जस्तो छाना, परम्परागत पोसाक र स्थानीय भोजन (ढिँडो, फापरको रोटी, घरमै बनेको अचार) यात्रुका लागि अविस्मरणीय क्षण बन्छ।


छोटो, सुरक्षित र सबैका लागि उपयुक्त यो पदयात्रा सजिलो मानिन्छ — कुनै उच्च हिमाल आरोहण गर्न नपर्ने, केवल मध्यम उचाइमा रमाइलो पदमार्ग हो। शारीरिक रूपमा सामान्य व्यक्ति, विद्यार्थी, परिवार वा जोसुकैले यो यात्रा सहजै गर्न सक्छ। चारै ऋतुमा यात्रा गर्न सकिने भए पनि वसन्त (मार्च–मे) र शरद (सेप्टेम्बर–नोभेम्बर) `ऋतु सबैभन्दा उपयुक्त मानिन्छ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *