पर्यटकका लागि खानेपानीको समस्या
नाम्खा गाउँपालिका– ६ को लिमीको मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने पाँच हजार मिटर अग्लो स्थान लाप्चा क्षेत्रमा खानेपानीको समस्या भएको गुनासो आएको छ । विशेष गरी मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने स्थानमा हालसम्म खानेपानीको व्यवस्था गर्न नसकिएका कारण पर्यटकहरु समस्यामा पर्ने गरेका छन्