साउन १२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको बताउदै पर्यटन नीति २०८२ सार्वजनिक गरेका छन् ।
‘पर्यटन नीति २०८२’ मा ‘अद्वितीय पर्यटकीय गन्तव्य : नेपाल’ भन्ने शब्दावली नीति संरचनाकै दृष्टिकोणको रूपमा समावेश
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित समारोहमा ‘पर्यटननीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले भने, “निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढ्नुस्, सरकार समन्वयका लागि तयार छ। निजी क्षेत्र अघि बढेपछि मात्र सकारात्मक परिणाम हासिल गर्न सकिन्छ। हामी निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौं।”उनले संस्कृति नीति र हवाई नीति हाल मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलको चरणमा रहेको र मन्त्रालयमार्फत १३ वटा विधेयकहरूसमेत अघि बढिसकेको उल्लेख गरेका थिए।
‘आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्य’ का रूपमा विकास गर्न पर्यटन नीति ल्याइएको हो।
मन्त्री पाण्डेका अनुसार २०६५ सालको पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै तयार पारिएको नयाँ ‘पर्यटन नीति २०८२’ मा ‘अद्वितीय पर्यटकीय गन्तव्य : नेपाल’ भन्ने शब्दावली नीति संरचनाकै दृष्टिकोणको रूपमा समावेश गरिएको जानकारी छ।
उक्त कार्यक्रममा उनले थपे , “नेपाललाई ‘आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्य’ का रूपमा विकास गर्न पर्यटन नीति ल्याइएको हो। यसले मुलुकको राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक टेवा पुर्याउनेछ।”
१। पर्यटकीय वस्तुको विविधीकरणस् नयाँ पर्यटकीय उत्पादन र गन्तव्यहरूको पहिचान, विकास र प्रवर्द्धन गर्ने।
२। पूर्वाधार विकासस् गुणस्तरीय र सुरक्षित पर्यटन पूर्वाधार तथा सेवाको निर्माण गर्ने।
३। दिगो पर्यटनस् दिगो र उत्थानशील पर्यटनको विकास गर्ने, जसले वातावरणीय र सामाजिक पक्षलाई ध्यान दिनेछ।
४। शासकीय सुधारस् पर्यटन क्षेत्रमा शासकीय दक्षता र सुशासन अभिवृद्धि गर्ने।
५। रोजगारी सिर्जनास् पर्यटनमार्फत रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गरी समावेशी आर्थिक विकासमा योगदान पुर्याउने ।
यी उद्देश्यहरूलाई कार्यान्वयन गर्न १८ वटा रणनीति र ९४ वटा विस्तृत कार्यनीतिहरू तय गरिएका छन्। यसमा गैरआवासीय नेपालीहरूलाई लक्षित गरी ‘पुर्ख्यौली थलो भ्रमण’ अभियान, डिजिटल प्रविधि र कृत्रिम बौद्धिकताको प्रयोग गरी प्रचारप्रसारलाई प्रभावकारी बनाउने, र खेल, स्वास्थ्य, कृषि, विवाह जस्ता नयाँ पर्यटकीय विधाहरूलाई प्रवर्द्धन गर्ने जस्ता नवीन कार्यक्रमहरू समावेश छन् ।





1 Comment
Spot on with this write-up, I really feel this site needs far more attention.
I’ll probably be back again to read more,
thanks for the advice!