मगर संस्कृति र प्राकृतिक सौन्दर्यको संगम : गोर्बुङ गाउँ पर्यटकको रोजाइमा
गोरखा, वैशाख ३० । गोरखा नगरपालिका–१४ मा अवस्थित गोर्बुङ गाउँ पछिल्लो समय ग्रामीण पर्यटनका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। मगर समुदायको पुरानो बस्तीका रूपमा परिचित यो गाउँ मौलिक संस्कृति, हरियाली वातावरण र आत्मीय आतिथ्यका कारण आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको




