Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

अन्य उप प्रमुख जीवनशैली समाचार

मगर संस्कृति र प्राकृतिक सौन्दर्यको संगम : गोर्बुङ गाउँ पर्यटकको रोजाइमा

मगर संस्कृति र प्राकृतिक सौन्दर्यको संगम : गोर्बुङ गाउँ पर्यटकको रोजाइमा

Show us Love

गोरखा, वैशाख ३० । गोरखा नगरपालिका–१४ मा अवस्थित गोर्बुङ गाउँ पछिल्लो समय ग्रामीण पर्यटनका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। मगर समुदायको पुरानो बस्तीका रूपमा परिचित यो गाउँ मौलिक संस्कृति, हरियाली वातावरण र आत्मीय आतिथ्यका कारण आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो।

समुद्री सतहदेखि करिब ८०० मिटर उचाइमा रहेको गोर्बुङ गाउँ काठमाडौं–पोखरा राजमार्गअन्तर्गत मार्किचोकबाट मर्स्याङ्दी ड्याम पार गरी करिब ३.५ किलोमिटर उकालो यात्रा गरेपछि पुगिन्छ। सहज पहुँचका कारण पनि यहाँ पर्यटकको आगमन बढ्दो क्रममा रहेको स्थानीयवासी बताउँछन्।

गोर्बुङ गाउँमा मगर समुदायको परम्परागत रहनसहन, संस्कृति, कला र जीवनशैली अझै संरक्षण गरिएको छ। गाउँमा पुग्ने पर्यटकले मगर परिकारको स्वाद लिनुका साथै स्थानीय संस्कृतिसँग प्रत्यक्ष साक्षात्कार गर्न सक्छन्।

गाउँकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको प्रसिद्ध बुढे देवी कोट मन्दिरबाट गोरखा र तनहुँ जिल्लाका विस्तृत भूभाग अवलोकन गर्न सकिन्छ। मनोरम दृश्यावलोकनका लागि यो स्थान विशेष मानिन्छ।

हाल गाउँमा समुदायिक होमस्टे सञ्चालनमा रहेको छ। होमस्टेमा बसोबास गर्दै ग्रामीण जीवनशैली अनुभव गर्ने, स्थानीय संस्कृति बुझ्ने र प्राकृतिक वातावरणमा रमाउने अवसर पाइने भएकाले गोर्बुङ गाउँ पर्यटनको नयाँ केन्द्र बन्दै गएको छ।

ग्रामीण पर्यटन, संस्कृति र प्रकृतिको अनुपम अनुभव लिन चाहनेहरूका लागि गोर्बुङ गाउँ उत्कृष्ट गन्तव्यका रूपमा उभिएको छ।

– HomestayKhabar.com

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *