Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

जीवनशैली पालिका खबर प्रमुख समाचार

ताङतिङमा होमस्टे पर्यटन प्रवर्द्धन कार्यक्रम शुभारम्भ

ताङतिङमा होमस्टे पर्यटन प्रवर्द्धन कार्यक्रम शुभारम्भ

Show us Love

मादी गाउँपालिका–२ स्थित ताङतिङ सामुदायिक होमस्टेमा होमस्टे पर्यटन प्रवर्द्धन तथा व्यवस्थापनसम्बन्धी दीर्घकालीन कार्यक्रम औपचारिक रूपमा शुभारम्भ गरिएको छ।यस कार्यक्रम Swisscontact Nepal र United Community Nepal, मादी गाउँपालिकाको सहकार्य तथा Homestay Federation Nepal (HOFEN) को सञ्चालन तथा व्यवस्थापनमा अघि बढाइएको हो।

कार्यक्रम सन् 2026 को अन्त्यसम्म निरन्तर सञ्चालन भई ताङतिङ क्षेत्रमा होमस्टे पर्यटनको गुणस्तर अभिवृद्धि, व्यवस्थापन सुदृढीकरण तथा दिगो विकासमा केन्द्रित रहने जनाइएको छ।

कार्यक्रममा होमस्टे महासंघका अध्यक्ष प्रेमशंकर मर्दनियाकाे अध्यक्षतामा, मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङ प्रमुख आतिथ्य, तथा उपप्रमुख कल्पना गुरुङको विशेष आतिथ्यता रहेको थियो। साथै Swisscontact का सागर चापागाईं, United Community Nepal का विनाेद न्याैपाने, वडा नं. २ का वडाध्यक्ष, ACAP प्रतिनिधि, होमस्टे व्यवस्थापन समिति ताङतिङ तथा महासंघका विभिन्न प्रदेश समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो।

होमस्टे महासंघ नेपालका महासचिव कृष्णलाल चौधरीले कार्यक्रमलाई सहज, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्दै सम्पूर्ण सहभागीहरूलाई जोड्ने भूमिका निर्वाह गर्नुभयो। उहाँको सञ्चालन शैलीले कार्यक्रमलाई जीवन्त र उद्देश्यपरक बनाएको थियो।

महासंघका कोषाध्यक्ष सुरज बास्तोलाले दिगो परियाेजना, होमस्टेको वर्तमान अवस्था, चुनौती र सम्भावनाहरू समेटिएको विस्तृत कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँको प्रस्तुतिले सहभागीहरूलाई होमस्टे क्षेत्रको दिगोपन, व्यवस्थापन सुधार र दीर्घकालीन योजनाबारे गहिरो ज्ञान प्रदान गरेको थियो।

मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङ ले ग्रामीण पर्यटन विकासलाई स्थानीय सरकारको प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभयो।

मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङ
“ताङतिङ जस्ता गाउँहरू हाम्रो पहिचान हुन्। ग्रामीण पर्यटनलाई बलियो बनाउन गाउँपालिकाले नीति, बजेट र संरचनागत सहयोगमा कुनै कमी हुन दिने छैन। होमस्टे नै स्थानीय अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छ।”


🎤 उपप्रमुख – कल्पना गुरुङ

मादी गाउँपालिका उपप्रमुख कल्पना गुरुङ ले महिला सहभागिता र स्थानीय सशक्तीकरणमा होमस्टेको भूमिकालाई जोड दिनुभयो।


“होमस्टे केवल व्यवसाय मात्र होइन, यो महिलाको आत्मनिर्भरता र गाउँको पहिचानसँग जोडिएको अभियान हो। यसलाई व्यवस्थित र दिगो बनाउन हामी पूर्ण रूपमा प्रतिबद्ध छौं।”


होमस्टे महासंघ अध्यक्ष – प्रेमशंकर मर्दनिया

होमस्टे महासंघ नेपालका अध्यक्ष प्रेमशंकर मर्दनिया ले समग्र होमस्टे क्षेत्रको नेतृत्वदायी भूमिका महासंघले लिने प्रतिबद्धता जनाउनुभयो।“नेपालको होमस्टे पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन महासंघले नीतिगत, संरचनागत र बजारिकरणको नेतृत्व गर्नेछ। ताङतिङ जस्ता मोडेल गाउँहरूलाई उदाहरण बनाएर देशभर विस्तार गरिनेछ।”

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *