Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

अन्य जातिय तथा साँस्कृतिक पहिरन जीवनशैली प्रमुख समाचार संस्कृति

दोस्रो सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे मेला महोत्सव जेठ १९ देखि २१ गतेसम्म हुने

दोस्रो सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे मेला महोत्सव जेठ १९ देखि २१ गतेसम्म हुने

Show us Love

कैलाली । सुदूरपश्चिम प्रदेशको पर्यटन, संस्कृति तथा स्थानीय जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले “दोस्रो सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे मेला महोत्सव–२०८३” आयोजना हुने भएको छ । महोत्सव जेठ १९ गतेदेखि २१ गतेसम्म धनगढी उप–महानगरपालिका वडा नं. १६, भादा, कैलालीमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

“प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण, होमस्टेको अभियान” भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवमा सुदूरपश्चिम प्रदेशका विभिन्न जातजाति तथा समुदायका सांस्कृतिक प्रस्तुति, रैथाने खानाका परिकार, हस्तकला सामग्री तथा स्थानीय कृषि उत्पादनहरूको प्रदर्शन गरिनेछ ।

महोत्सवमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, विभिन्न समुदायका मौलिक नृत्य, होमस्टे प्रवर्द्धन कार्यक्रम तथा पर्यटकीय गन्तव्यहरूको जानकारीमूलक गतिविधि समावेश गरिने आयोजकले जनाएको छ ।त्यस्तै, घोडाघोडी सिमसार क्षेत्र, टीकापुर पार्क लगायतका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार, विभिन्न खेलकुद प्रतियोगिता तथा योग कार्यक्रम पनि महोत्सवको आकर्षण रहनेछन् ।महोत्सव अवधिभर साँझ ५ बजेदेखि राति १० बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ । परम्परागत खानपान, रैथाने उत्पादन, हस्तकला सामग्री तथा होमस्टे सम्बन्धी स्टलहरूलाई विशेष प्राथमिकता दिइने बताइएको छ ।

कार्यक्रमको आयोजना थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले गरेको हो । होमस्टे (घरबास) महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्य समिति तथा प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ धनगढीले कार्यक्रमलाई सहयोग गरेका छन् ।ग्रामीण पर्यटन, स्थानीय संस्कृति तथा होमस्टे प्रवर्द्धनमा महोत्सवले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *