२७ असोज २०८३ (मंगलवार)

मनकामना नजिकैको बेतेनि गाउँ : धार्मिक, सांस्कृतिक र पर्यटकिय सम्भावनाले भरिपूर्ण

•
२१ जेठ २०८३, मंगलवार
मनकामना नजिकैको बेतेनि गाउँ : धार्मिक, सांस्कृतिक र पर्यटकिय सम्भावनाले भरिपूर्ण

गोरखा जिल्लाको शहीद लखन गाउँपालिका वडा नम्बर २ मा अवस्थित बेतेनि गाउँ पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। प्रख्यात मनकामना मन्दिर को काखमा रहेको यो गाउँ समुन्द्री सतहदेखि १४०० मिटरको उचाइमा रहेको छ।

गाउँमा मुख्य रूपमा गुरुङ र मगर समुदाय को बसोबास छ। यहाँको चुड्का, घाँटु, सोरठी, झ्याउरे नृत्य र परम्परागत रैथाने खानाका कारण पाहुनालाई पृथक अनुभव दिलाउँछ।

बेतेनि गाउँबाट गणेश हिमाल, बुद्ध हिमाल लगायतका हिमश्रृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ। साथै छिम्केश्वरी मन्दिर र इच्छाकामना मन्दिर समेत यहाँबाट अवलोकन गर्न सकिन्छ।

बेतेनिका स्थानीयहरू अहिले होमस्टे सेवा मार्फत पाहुनालाई स्वागत गर्दै आएका छन्। धार्मिक यात्रा, हिमालको दृश्यावलोकन र सांस्कृतिक पर्यटन खोज्ने पर्यटकहरूका लागि बेतेनि उत्कृष्ट गन्तव्य बन्दै गएको छ।

स्थानीय संस्कृति, स्वाद र सौन्दर्यको संगम बेतेनिले धार्मिक पर्यटनको नयाँ सम्भावना बोकेको छ।