२७ असोज २०८३ (मंगलवार)

जनकपुरधाममा ‘श्री मणिमण्डप मिथिला सामुदायिक होमस्टे’ स्थापना

•
१४ साउन २०८३, शनिवार
जनकपुरधाममा ‘श्री मणिमण्डप मिथिला सामुदायिक होमस्टे’ स्थापना

 

मिथिलाको धार्मिक, सांस्कृतिक तथा ग्रामीण पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धिका रूपमा धनुषा जिल्लामा ‘श्री मणिमण्डप मिथिला सामुदायिक होमस्टे’ स्थापना गरिएको छ।

WhatsApp Image 2026-08-01 at 7.14.46 AM (1).jpegनेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजना (Sustainable Tourism Project – STP), संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP Nepal), जनकपुरधाम उपमहानगरपालिका तथा समाज उत्थान युवा केन्द्र (SUYUK) धनुषा को संयुक्त आयोजनामा २०८३ श्रावण १० देखि १४ गतेसम्म जनकपुरधाम उपमहानगरपालिका–१३, रानीबजार–पिडारीमा सञ्चालन गरिएको पाँच दिने होमस्टे (घरवास) व्यवस्थापन तालिम सम्पन्न भएपछि समुदायले औपचारिक रूपमा होमस्टे सञ्चालनको यात्रा सुरु गरेको हो।

WhatsApp Image 2026-08-01 at 7.15.20 AM (1).jpegधार्मिक एवं ऐतिहासिक विश्वासअनुसार भगवान श्रीराम र माता सीताको विवाह सम्पन्न भएको पवित्रस्थल मणिमण्डप को नामबाट स्थापित यस सामुदायिक होमस्टेले मिथिला सभ्यता, संस्कृति, परम्परा, स्थानीय खानपान, लोककला र आत्मीय आतिथ्यलाई पर्यटकसम्म पुर्‍याउने विश्वास गरिएको छ।

WhatsApp Image 2026-08-01 at 7.15.15 AM (1).jpegकार्यक्रमअन्तर्गत सहभागीहरूलाई होमस्टे व्यवस्थापन, अतिथि सत्कार, सरसफाइ तथा स्वच्छता, स्थानीय परिकारको प्रवर्द्धन, सांस्कृतिक प्रस्तुति, दिगो पर्यटन तथा उद्यमशीलतासम्बन्धी व्यावहारिक तालिम प्रदान गरिएको थियो। तालिमले स्थानीय समुदायलाई पर्यटनमार्फत आयआर्जन र स्वरोजगार सिर्जना गर्ने क्षमता विकासमा सहयोग पुर्‍याएको आयोजकको विश्वास छ।

WhatsApp Image 2026-08-01 at 7.14.53 AM.jpegस्थानीयवासीका अनुसार श्री मणिमण्डप मिथिला सामुदायिक होमस्टे सञ्चालनमा आएपछि धार्मिक पर्यटनलाई ग्रामीण पर्यटनसँग जोड्दै जनकपुरधाम आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मिथिलाको मौलिक जीवनशैली प्रत्यक्ष अनुभव गर्ने अवसर उपलब्ध हुनेछ। यसले स्थानीय कृषि उत्पादन, हस्तकला, परम्परागत भोजन, सांस्कृतिक कार्यक्रम तथा महिला र युवाको आर्थिक सशक्तीकरणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

WhatsApp Image 2026-08-01 at 7.14.44 AM (2).jpegWhatsApp Image 2026-08-01 at 7.15.18 AM.jpeg

होमस्टे अभियानमा सक्रिय होमस्टेकर्मी सुरज बास्तोला ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने नेपाल पर्यटन बोर्ड, STP, UNDP Nepal, जनकपुरधाम उपमहानगरपालिका, समाज उत्थान युवा केन्द्र (SUYUK), प्रशिक्षक टोली, स्थानीय समुदाय तथा सम्पूर्ण सहभागीहरूप्रति आभार व्यक्त गर्दै नवस्थापित होमस्टेले मिथिलाको पर्यटन विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन्।

पर्यटन विज्ञहरूका अनुसार धार्मिक सम्पदा, सांस्कृतिक सम्पदा र सामुदायिक होमस्टेलाई एउटै गन्तव्यमा जोड्ने यस्तो अभ्यास नेपालका लागि उदाहरणीय हुन सक्छ। श्री मणिमण्डप मिथिला सामुदायिक होमस्टेले जनकपुरधामको पर्यटनलाई केवल मन्दिर दर्शनमा सीमित नराखी स्थानीय जीवन, संस्कृति र आतिथ्यसँग जोड्ने दिगो पर्यटनको नयाँ मोडेलका रूपमा विकास हुने अपेक्षा गरिएको छ।