निजी क्षेत्रसँग सहकार्य प्राथमिकतामा राख्दै ‘पर्यटन नीति २०८२’ सार्वजनिक

 साउन १२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको बताउदै पर्यटन नीति २०८२ सार्वजनिक गरेका छन् । ‘पर्यटन नीति २०८२’ मा ‘अद्वितीय पर्यटकीय गन्तव्य : नेपाल’ भन्ने शब्दावली नीति संरचनाकै दृष्टिकोणको रूपमा समावेश सोमबार

लुम्बिनी बौद्ध विश्वविद्यालयको गुरुयोजना सार्वजनिक

शैक्षिक पर्यटनमा नयाँ सम्भावना भैरहवा, साउन १० – लुम्बिनी बौद्ध विश्वविद्यालयको दीर्घकालीन पूर्वाधार विस्तारका लागि तयार गरिएको देवदह गुरुयोजना सार्वजनिक गरिएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनीमा आयोजित समारोहमा झन्डै ८० अर्ब रुपैयाँको लागतमा बन्ने गुरुयोजना सार्वजनिक गर्नुभएको हो। गुरुयोजना अन्तर्गत विश्वविद्यालयले

महिलाकाे आयआर्जनका लागि विकल्प बन्दै ‘होमस्टे’

पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै जान थालेका छन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला घरबासबाट मनग्य आम्दानी हुन थालेपछि यसतर्फ जोडिन थालेका हुन् । जिल्लाका विभिन्न ठाउँमा घरबासबाट महिलाले आम्दानी गर्न थालेपछि तिनाउ गाउँपालिकाभित्रका महिला पनि

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं नम्बरमा

काठमाडौं । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौं स्थानमा परेको हो । ‘मच बेटर एड्भेन्चर’को सूचीका लागि नेपाललाई अद्वितीय भू–दृश्य,

पर्यटन बोर्डको पर्यटक वृद्धी गर्ने दीर्घकालिन योजना

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतले गुणस्तरीय पर्यटक वृद्धि गर्ने दीर्घकालिन योजना रहेको जानकारी दिएका छन् । उनले भने “हामीसँग चारवर्षे स्पष्ट कार्य योजना छ, पहिलो प्राथमिकता बाह्य पर्यटकको सङ्ख्या बढाउने हो,” जोशी भन्छन्, “त्यसका लागि व्यापक रूपमा अन्तर्राष्ट्रिय प्रवर्द्धन, मुख्य बजार र क्षेत्र

घट्दै पर्यटक, यस वर्ष १५ लाखमै अल्झने

काठमाडौं । कोरोनाकालमा थलिएको नेपालको पर्यटन क्षेत्र विस्तारै उकासिँदो अवस्थामा छ । बाह्य पर्यटकको पर्खाइमा रहेका होटेल तथा पर्यटन क्षेत्रमा चहलपहल बढ्दैछ । सरकार पर्यटकको सङ्ख्या बढाउने योजना बनाउँदै बसेको छ । चालु अंग्रेजी वर्षमा सरकारले १६ लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेको छ

विदेशी भन्दा नेपाली पर्यटक खर्चालु

काठमाडौं ।  नेपाल आउने पर्यटकभन्दा विदेश जाने नेपालीहरूले बढी खर्च गर्ने गर्दछन् । एउटै अवधिमा नेपाल भित्रिने पर्यटक र विदेश जाने नेपालीले गर्ने खर्चको बीचमा ठूलो भिन्नता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ।  तथ्यांकअनुसार सन् २०२४/२५ को पछिल्लो ११ महिनामा साढे १० लाख

धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ ।  गत आर्थिक वर्ष २०८१/०८२ मा सङ्घीय सरकारबाट प्राप्त रु ५४ लाख बजेटबाट गाउँपालिकाले मुदीस्थित इटाली आधार शिविरदेखि स्वीस क्याम्प हुँदै जापनिज क्याम्प क्षेत्रमा पदमार्ग निर्माण

बन्दीपुरमा ‘मिनी ग्रेटवाल’

तनहुँ। तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण धमाधम भइरहेको छ । बन्दीपुर–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरी चुलिडाँडामा पुगेर टुंगिनेछ । यसको करिब दुई किमि दूरीको छ । यसमध्ये हालसम्म ८० प्रतिशत कार्य पूरा भइसकेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । निर्माण कम्पनीका

परम्परागत मौलिक घुमाउने घर

लमजुङ । लमजुङको क्व्होलासोथर गाउँपालिका–४ स्थित पर्यटकीय भुजुङ गाउँमा रहेको परम्परागत घुमाउने घर । पछिल्लो समयमा हराउँदै गएका घुमाउने घर पर्यटकको रोजाइमा पर्ने गरेको छ । गण्डकी प्रदेशमा परम्परागत रुपमा यस्ता घरहरु निकै प्रचलनमा रहेका थिए । हाल केही घरहरु सामुहिक पहलमा संरक्षण भएपनी