हर्दहवा : थारूको उत्सव
हरधुवाइ शब्द बोलीचालीमा अपभ्रंश हुँदै हर्दहवा बनेको हो । नेपाली बृहत् शब्दकोषले हर्दहवा भनेको रोपाइँ सकेको खुसियालीमा थारू समुदायले रमाइलोका साथ गर्ने खानपान भनेको छ । रोपाइँ सम्पन्न भएको दिन हिलोपानीमा देवर–भाउजू, साली–भेना अर्थात् रोपाहारबीच रमाइलोका लागि हिलोपानीसँग रमाइलो गर्नुलाई पनि हर्दहवा भनिन्छ । थारू समुदायमा




